काठमाडौं, चैत २५ – नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति चर्को असन्तुष्टी ब्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्ने प्रस्ताव गरेर सत्ता लम्ब्याउन चाहेको तथा सरकारमा कांग्रेसलाई भन्दा राप्रपालाई माथिल्लो वरियतामा राख्ने तयारी गरिरहेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टी जनाएका हुन् ।
उनीहरुले यी दुवै प्रस्ताव नमान्न पनि पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भन्दा कमल थापालाई माथिल्लो वरियतामा राख्ने तयारी प्रधानमन्त्रीले गरिरहेकोप्रति आपत्ति जनाउँदै नेताहरुले प्रधानमन्त्री दाहालले कांग्रेसलाई पेल्न थालेकोप्रति गम्भीर हुन नेतृत्वसँग आग्रह पनि गरेका छन् ।
संसद भवनमा बसिरहेको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरुले दूई चरणमा चुनाव गर्ने प्रस्ताव चुनावै हुन नदिने षडयन्त्र पनि हुनसक्ने भन्दै कुनै पनि हालतमा स्वीकार्न नहुनेमा जोड दिएको पार्टी सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । अहिलेसम्म धारणा राख्ने सबैजसो नेताले स्थानीय चुनाव दुई चरणमा गर्ने प्रस्ताव चुनावै हुन नदिने र अर्कोतिर सत्ता लम्ब्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको खेल हुनसक्ने भन्दै आशंका ब्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा धारणा राखेका नेताहरु भरत शाह, दिपक कुइँकेल, रामहरि खतिवडा, फरमुल्लाह मन्सुर, रामचन्द्र पोखरेल, सुरेन्द्र यादव लगायतले सबैभन्दा ठूलो दलका रुपमा कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याउन भूमिका खेल्नुपर्ने र संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव बारे पनि आधिकारिक धारणा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
स्थानीय चुनावको घोषणापत्र बनाउँदा कांग्रेसले स्थानीय विकास र जनजीविकाको विषयलाई केन्द्रमा राख्नुपर्ने नेताहरुले सुझाव दिएका छन् । पार्टीको महाधिवेशनमा उठेका एजेण्डा तथा संविधानसभा चुनावका बेलाको घोषणापत्रका आधारमा स्थानीय चुनावमा मुद्दा उठाउनुपर्ने र घोषणापत्र बनाउनुपर्नेमा कांग्रेस नेताहरुको जोड छ ।
१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा
१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब
१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका