काठमाडौँ, २३चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने, छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गरेका छन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भने, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”
उनले नेपालमा कुनै सडक वा नयाँ विकासका आयोजना सञ्चालन गर्न लाग्दा छिमेकी भारतले सुरक्षा र अन्य कारणले अवरोधको प्रयास गर्ने गरेको गुनासो पनि गरे । ओलीले भारतसँग नेपालको अर्थतन्त्र निर्भर हुनुपरेको र चीनसँगको बाटो खोल्न लाग्दा पनि भारत रिसाउने स्थितिलाई तोडेर पारस्परिक लाभको सम्बन्ध विस्तार गर्न आफूहरुले चाहेको बताए ।
अध्यक्ष ओलीले भने, “हाम्रा मनमा कुनै वैरभाव छैन, दुष्मनी छैन, अन्याय नसहने र न्यायको पक्ष लिनेबाहेक अरु ध्येय छैन । हामी देश, देशका जनता र मानव जातिको सुख र शान्ति चाहन्छौँ, यसो भन्दा खोक्रो राष्ट्रवादको आरोप लगाइन्छ भने केही भन्नु छैन ।”
कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि स्रष्टाले जनता जगाउने हिसावले सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले भण्डारीका साहित्यिक र चिन्तनप्रधान योगदानलाई संरक्षण र जनपक्षीय साहित्यको उत्थानका लागि देशव्यापी कार्यक्रम गरिने जानकारी दिए ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका