काठमाडौं । चिनियाँ चिकित्सकको एक टोलीले दुर्घटनामा कान गुमाएका एकजना बिरामीको लागि बिरामीकै हातमा दाहिने कान उमारेर प्रत्यारोपण गरिदिएका छन् ।
चिकित्सकहरुले कानको लोती बिरामीकै हातको नाडीभन्दा पछाडिको भागमा कृत्रिम पद्धतिबाट उमारेर दुरुस्तै देखिने गरी शल्यक्रियामार्फत् सफल प्रत्यारोपण गरिदिएका हुन् ।
प्रत्यारोपण टोलीका प्रमुख प्लाष्टिक सर्जन डा।गुओ शुझोंगले गत साता करिब सात घन्टा लगाएर शल्यक्रिया सम्पन्न गरिएको बताएका हुन् ।
डा। शुझोंगकाअनुसार ‘जी’ नाम गरेका ती व्यक्तिको दुर्घटनामा दाहिने कान पूर्णरुपमा क्षति भएपछि उनकै हातमा एक महिना लगाएर कान उमारिएको थियो ।
उनले भने–‘उमारिएको त्यहि कानलाई काटेर दाहिने कान प्रत्यारोपण गरिएको हो ।’ अहिले ‘जी’ नाम गरेका ती व्यक्तिले कान प्रत्यारेपणपछि पहिलेकोजस्तै अनुभव भएको बताएका छन् । अस्पतालले उनको कानको प्रत्यारोपण सफल भएको पुष्टि गरेको हो ।
डा। शुझोंग शीआन सहरस्थित जियाओटोंग विश्वविद्यालयअन्र्तगत् मेडिकल अस्पतालमा काम गर्छन् । सन् २०१५ मा कार दुर्घटनामा आफ्नो कान गुमाएपछि ‘जी’ अस्पताल भर्ना भएका थिए । उनको उमेर, थर र ठेगाना गोप्य राखिएको डेलीमेल अनलाइनले उल्लेख गरेको छ ।
अस्पतालकाअनुसार ती व्यक्तिको अनुहारलगायत शरीरका अन्य भागहरुसमेत क्षतविक्षत भएकाले सबै उपचार क्रमश गर्दै लगिएको थियो ।
अस्पतालले भनेको छ–‘जीकै चाहनाअनुसार उनको यो अन्तिम शल्यक्रिया गरिएको हो । यसपछि उनी पूर्णरुपमा स्वस्थ्य हुनेछन् ।’ ‘जी’ले यसअघि नै चाइना न्यूजलाई एउटा कान गुमाएकोले आफूलाई नराम्रो लागेको र साथी–भाइहरुले जीस्काउनेसमेत गरेकाले दुःख लागेको बताएका थिए ।
कानकै कारण ‘जी’को मानसिक स्वास्थ्य खराब देखिएपछि चिकित्सकहरुले नयाँ उपायको खोजी गरेका थिए । डा। शुझोंगले सुरुमा उनलाई कृत्रिम कान संयन्त्र प्रयोग गराउने निर्णय गरेका थिए ।
तर, गत नोभेम्बर महिनामा ‘थ्रीडी प्रिन्टिङको’ सहायताले मानिसको शरीरको कुनैपनि भागमा मासुलाई चाहेको आकृतिमा बढाउन सकिने पद्धतिको सफल परीक्षण गरिएको थियो ।
यसै पद्धतिमा रहेर जीको देब्रे कानको बनोटअनुसार दाहिने कानको स्केच तयार पारी उनकै हातको मासुलाई कानको आकारमा उमारेर प्रत्यारोपण गर्ने निर्णय डा। शुझोंगले लिएका थिए ।
करिब एक महिना लगाएर ‘जी’कै हातमा कान उमारिएपछि सात घन्टाको शल्यक्रियामार्फत् कान प्रत्यारोपण गरिएको हो । अस्पतालकाअनुसार जी अहिले अस्पतालमै रहेको र उनी पूर्णरुपमा निको भएपछिमात्रै घर जाने अनुमति दिइने उल्लेख गरेको छ ।
चाइना डेलीकाअनुसार डा। शुझोंग र उनको टिम हरेक वर्ष करिब ५०० बालबालिकाका लागि यसै पद्धतिबाट उपचार गर्ने तयारीमा छन् । उनले सन् २००६ मा चीनमा पहिलोपटक अनुहारको सफल प्रत्यारोपणसमेत गरेका थिए ।
२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै
२८ माघ, काठमाडौँ । प्रहरीको लाठीचार्जविरुद्ध भोलि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द
बिहिबार, पौष २८, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय
-प्रकाश आचार्य, योग विषेशज्ञ मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर,
२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने
योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी