April 2, 2017

म्यादी प्रहरी छनौछ : तालिममै गयो तीनजनाको ज्यान

काठमाडौं, २० चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो ।

नेपालगन्जमा म्यादी प्रहरी छनोटका क्रममा दौड परीक्षा दिएका बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकप्रसाद राईका अनुसार, शनिबार दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा थारुको मृत्यु भएको हो ।

दौड पूरा गरेपछि रिंगटा लागेर उनी ढलेका थिए । त्यसक्रममा मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पुर्‍याएको केही क्षणमै उनको मृत्यु भएको थियो ।

यसैगरी, म्यादी प्रहरीमा छनोटमा पर्न दौडने क्रममा बेहोस भएर ढलेका खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको पनि शनिबार साँझ मृत्यु भएको छ । दिक्तेलस्थित हस्पिटलचोकबाट हल्छेढुंगासम्म दौडने क्रममा बीच बाटोमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पुर्‍याइएको थियो । राससका अनुसार अस्पतालमा उपचार हुँदाहुँदै करिब दुई घन्टापछि उनको मृत्यु भएको हो ।

यस्तै, विराटनगर–१६ का तुलसी राजवंशीको पनि दौडने क्रममा लडेर मृत्यु भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जनाकारी दिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

असोज ८ र ९ मा यसरी हुँदैछ एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौँ, असोज ५ गते ।  नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र