आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दा खोक्रो राष्ट्रवादी भनियो : ओली

Kp-oli-2-768x458१४ चैत, काठमाडौं । गम्भीर विषयमा पनि व्यंग्य र हास्यरस मिसाएर विपक्षीमाथि प्रहार गर्ने पहिचान बनाएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमवार ललितपुरको होटल हिमालयमा गम्भिर शैलीमा प्रस्तुत भए । उनले आगामी २५ वर्षभित्र नेपाललाई विश्वको समृद्ध मुलुकमा रुपमा विकास गर्न सकिने केही योजना र उपायहरु सुझाए ।

एमाले इत्तरका बुद्धीजीवीका साथै समाजका सबै क्षेत्रका अगुवाहरुको ‘विद्धत भेला’मा ओलीले भने(यो भेला एमालेको घोषणापत्रमा उल्लेख गर्ने कुराको सुझाव लिनका लागि होइन, आउने २५ वर्षभित्र अर्थात विसं २०९९ भित्र नेपाललाई अचम्म लाग्ने समृद्ध देश बनाउन सक्छौं भन्ने विश्वासका साथ हामीले आ(आफ्ना क्षेत्रबाट काम गरौं भनेर सुझाव लिनका लागि हो ।
पूर्वप्रधानमन्त्री ओलीले नेपाल एउटा देशबाट वेष्टित भएर बस्न नसक्ने भन्दै भूपरिवेष्टित मुलुकले पाउने अधिकार भारत र चीन दुवैतिरबाट बराबरी पाउनुपर्छ भनेरै आफूले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको बताए । उनले भने(मैले यसो गर्दा विदेश नीति असन्तुलित बनायो भन्ने आरोप पनि लगाए । बराबरीको सम्बन्ध राख्नुपर्छ भन्नु असन्तुलन हो भने नेपाली व्याकरण परिवर्तन गर्नुपर्‍यो ।

ओलीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडको अवधारणा नेपालको लागि फाइदाजनक रहेकाले यसमा नेपाल आफैंले पहलकदमी अघि बढाउनुपर्ने बताए । उनले दुनियाँसँगको सम्पर्कका लागि ओबीओआर उपयोगी हुने धारणा राखे । यसमा सरकारले दह्रो अडान लिनुपर्ने उनको सुझाव थियो ।

ओलीले नेपालको सुशासन, पुननिर्माण, शिक्षा, स्वास्थ्य जस्ता सबै क्षेत्र राजनीति पीडित भएको भन्दै अब सोच्ने बेला आएको बताए । उनले भने( अस्ति ताका पुननिर्माण प्राधिकरणलाई काम गर्न नदिएर सिइओ हटाइयो । काम गरिरहेका मान्छे हटाएपछि आइडिया पनि उनीसँगै गयो । नयाँले आइडिया खोज्दा खोज्दै यो वर्ष पनि भूकम्प पीडित पालमुनि नै रहने भए । यसरी राजनीतिक पीडित बनाएर समृद्धि सम्भव छैन ।

पूर्वप्रधानमन्त्री ओलीले नेपालको सम्बृद्धिका लागि आत्मनिर्भरताको बाटो बाहेक अरु विकल्प नरहेको बताए । उनले खाद्यान्न,उर्जा,पर्यटन जस्ता क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्दा खोक्रो राष्ट्रवादको आरोप खेप्नुपरेको गुनासो पनि गरे । उनले भने(तर हामीले आत्म निर्भर अर्थतन्त्रको लागि कृषि,सहकारी,उर्जा जस्ता क्षेत्रमा लगानी नगरि सुख छैन ।

विद्धत भेलामा कांग्रेस,माओवादी,राप्रपा लगायत दलसँग निकट रहेका बुद्धिजिवीलाई समेत निम्त्याइएको थियो । भेलामा महेश मास्के, राजेश्वर आचार्य, शम्भुराम सिम्खडा, सूर्यराज आचार्य लगायतले एमालेले बौद्धिक जमातलाई बिनापस्र्वाग्रह समृद्धिको एजेण्डामा एक ठाउँमा ल्याएर छलफल गरेको भन्दै ओलीको प्रशंसा गरे ।

भेलामा विभिन्न निजी क्षेत्रका साथै बिभिन्न पेशागत क्षेत्रका अगुवाले २५ वर्षभित्र नेपाललाई समृद्ध मुलुकको हैसियतमा पुर्‍याउनका लागि गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।

भेलामा पूर्वप्रधानमन्त्री माधव नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली लगायत एमाले नेताहरुले सहभागीका सुझाव सुनेका थिए ।

कार्यक्रममा योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडाले २५ वर्षभित्र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको योजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री दाहाल

११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न

कोशी प्रदेश नामकरण विवादलाई समाधान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउ : कमल थापा

११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना

बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त

१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक