रिस : हृदयाघात, पक्षाघात र उच्च रक्तचाप -डा. भारत रावत

काठमाडौं । रिस भनेको मानिसमा सामान्य रुपमाangry-650x250 (1)
हुने उद्वेग हो । यदि यसलाई नियन्त्रण गरिएन भने यसले अरुलाई होइन, आफैँलार्ई हानी पुर्याउन सक्छ । रिसाइहाल्नुअघि एकछिन सोच्ने बानी गर्नुपर्छ । यसो गरेको खण्डमा सामाजिक रुपमा पनि राम्रो हुन्छ । रिसले अन्य कुरामा हानी त पुर्याउँछ नै, स्वास्थ्यलाई पनि त्यत्तिकै असर गर्छ । रिसले उद्धेलित हुने वा एकदम झडङ्ग रिसाउने जस्तो जुनसुकै व्यवहार पनि हाम्रो हृदयरोग र रक्तसञ्चार प्रणालीका निम्ति खतरानाक हुन्छन् भन्ने विभिन्न अनुसन्धानले देखाएका छन । यी अनुसन्धानहरुले रिसको हृदयघात र पक्षाघातसँग परस्पर सम्बन्ध रहेको जानकारी दिएका छन् ।

आफूलाई एकदमै रिस उठेको बेला सम्झनुहोस् त ! रिसाएको बेला तपाईको मुटुको चाल एकदम छिटो हुन्छ, मुख रातो हुन्छ । तपाईको मुटुको चाल बढ्नाले र दाह्रा किट्ने गर्नाले रक्तचाप बढ्छ ।

यी सबै प्रसङ्गहरु तपाईलाई रक्तचाप बढाउने कारक तत्व बन्छन् र उच्च रक्तचाप पक्षाघात गराउने मूल कारण पनि हो । रिसाएको बेला मानिसको मुटुमा अक्सिजन परिपूर्ण भएको रगत आपूर्ति गर्ने धमनी साँघुरिन्छ र त्यसले गर्दा रगत बाक्लिएर लेसाइलो हुन जान्छ । अनि खतरनाक रुपमा जम्ने सम्भावना हुन्छ, जसले गर्दा हृदयाघात वा पक्षाघात हुन सक्छ । त्यसैले तपाई कसैसित रिसाउनु हुन्छ भने त्यसले तपाईलाई नै बढी हानि पुर्याउँछ भन्ने कुरा सम्झनामा राखिरहनुहोस् ।

रिसाइरहने बानी अथवा झडङ्ग गर्ने स्वभाव अँगाल्नाले तपाईलाई नराम्रो खाना खाने, चुरोट तान्ने वा रक्सी सेवन गर्ने नराम्रा लततर्फ लैजाने धेरै सम्भावना छ जसले केवल मुटुको रोग वृद्धि गर्नलाई मद्दत गर्छ । आफनो रिसलाई नियन्त्रण गर्ने तरिका सिक्नु वा जान्नुभयो भने यसले तपाईमा पर्ने दबाबलाई कम गर्न मद्दत गर्छ । भन्ने नै हो भने यसले ज्यानसमेत बचाउँछ ।

रिस र हृदयाघात
झडङ्ग रिसाउनु या रिसलाई लुकाउन खोज्नुभन्दा यसलाई विस्तारै शान्त भएर प्रकट गर्नु अत्यन्त स्वस्थकर हुन्छ । ससाना कुरामा पनि झडङ्ग रिसाउने या सधैं जस्तो रिसाइरहने व्यक्तिलाई मुटुको रोग लाग्ने वा हृदयाघात हुने खतरा बढी हुन्छ । रिस र स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ भन्ने कुरा अनुसन्धानहरुले देखाएका छन् । सन् २००४ मा गरिएको एक अध्यनमा रिस तथा कुण्ठाले मुटुको चाल असामान्य तुल्याउँछ र आकस्मिक मृत्यु निम्त्याउन सक्छ भन्ने पाइएको छ । कमजोर मुटुलाई स्वचालनमा ल्याउने उपकरण शरीरभित्र प्रत्यारोपण गर्दा वैज्ञानिकहरुले शारीरिक तनावले भन्दा मानसिक तनावले व्यक्तिमा मुटुको गति असामान्य तवरले छिटो हुन जान्छ भनी पत्ता लगाएका छन् । मुटुको गति असामान्य गराउने एकमात्र कारण मानसिक तनाव हो ।

अनुसन्धानकर्ताहरुले मुटुका गति असमान्य भएका व्यक्तित्वहरु पत्ता लगाउन भविष्यले मद्दत गर्नेछ भनी आशा राखेका छन् । मुटुको रोग विस्तारै बढाउँदै लैजान रिसले विशेष भूमिका खेल्छ । आफ्नो रिस पोख्ने व्यक्तिलाई भन्दा भित्रभित्र रिस पाल्ने व्यक्तिलाई ७५ प्रतिशत बढी मुटुका भमनीको रोग हुने सम्भावना रहेको एक अध्ययनले देखाउको छ । रिस र उच्च रक्तचापको सम्वन्ध रहेको बारे पनि अनुसन्धानहरुले देखाएका छन् ।

केही अरु अध्ययन अनुसार रिसको कम स्तर भएका व्यक्तिलाई भन्दा रिसको प्रचण्ड स्तर भएका व्यक्तिलार्य तीन दोब्वर बढी हृदयाघात हुने वा छाती दुख्ने सम्भावना हुन्छ भन्ने छ । खासगरी रिस उठेको बेला केही कुरा फुटालौं वा कसैको टाउको फुटाऔँ भन्ने भावना उब्जने व्यक्तिहरुमा यो सम्भावना अझ बढी हुन्छ । समयको अन्तरालका साथै रिसका कारण नोक्सान पु¥याउने खालका असरहरु बढ्दै जान सक्छन् । सन् २००२ मा गरिएको अध्ययनले धेरै रिस चाहे त्यो लुकाइएको होस् वा प्रदशन गरिएको होस्, त्यसबाट बढेको तनाव खपेका व्यक्तिमा हृदयाघात बढी भएको पाइएको छ । युवा मानिसमा सुरु गरी तिनीहरुको ४८ वर्षको उमेरसम्म जारी राखिएको हुनाले यो अध्ययन विशेष मानिएको छ ।

रिस र रक्तचाप
रिससँगसँगै आउने शारीरिक परिवर्तन मुटुको गति छिटो हुनु र रक्तचाप बढ्नु हो । यो परिवर्तन क्षणिक हो तर लामो वा लगातार रिसाइरहने भयो भने यस रक्तचापलाई उच्च बनाउन योगदान गर्छ । साधारणतः कम झगडालु व्यक्तिमा भन्दा बढी झगडालुमा रिसको तीब्रता हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । साथै यस्ता झगडालु मानिसमा रिस पनि लामो समयसम्म रहिरहन्छ । झगडा गर्न उद्यत मानिसमा बढी र लामो समयसम्म रक्तचाप बढ्छ ।

रिस र पक्षाघात
रिस र पक्षाघातका बारेमा गरिएको अनुसन्धानले प्रकट नगरिएका रिस, विद्धेष तथा लामो समयदेखिको रिसभन्दा सोझो एवं शान्त तरिकाले व्यक्त वा प्रकट गरिएको रिस बढी स्वस्थकर हुन्छ भनेको छ । ससाना नकारात्मक व्यवहारले पनि हाम्रो मस्तिष्क तथा मुटुमा असर पार्छन् भनी अन्य अध्यययनले ध्यानकर्षण गरेका छन् । उदाहरणका लागि एक अध्ययनले धेरै बिरामीहरुमा अध्ययन गर्दा धैर्य नभएका, करकरे तथा अरुलाई जित्न खोज्ने व्यक्तिलाई मुटु रोग र पक्षाघातको बढी जोखिम भएको पाइएको छ । “रिसलाई त्यागौ शान्त होऊँ र जीवनको मज्जा लुटौं अनि स्वस्थ र दीर्घायु बनौं । ”
स्वास्थ्य खबरपत्रिकाबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री दाहाल

११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न

कोशी प्रदेश नामकरण विवादलाई समाधान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउ : कमल थापा

११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना

बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त

१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक