चैत्र ६ । दक्षिण भारतीय फिल्मकी अभिनेत्री कस्तुरीले तेलेगु फिल्ममा एक चर्चित अभिनेतालाई ‘कास्टिङ काउच’को आरोप लगाएकी छिन् ।
कस्तुरीले आफूलाई यौन शोषण गर्न खोजेका ती अभिनेताको नाम भने खुलाएकी छैनन् । उनले ती अभिनेता अहिले राजानीतिमा पनि सक्रिय रहेको जानकारी दिएकी छिन् ।
कस्तुरीले आफ्नो जीवनका खराब अनुभव सुनाउने क्रममा आफू कास्टिङ काउचबाट बचेको दाबी गरेकी हुन् । ‘ती अभिनेताले मलाई, मसँग सुत भनेर दबाब दिएका थिए,’ उनले भनेकी छिन्, ‘तर मैले मानिनँ । म उनलाई निकै सम्मान गर्दथेँ । तर, तिनी त साह्रै पातकी पो रहेछन् ।’ साउथ इन्डियन फिल्म उद्योगमा यौनशोषण र आशक्तिका प्रसंग आइरहने गर्दछन् ।
कस्तुरीले आफूले ती अभिनेताको सर्त नमान्दा फिल्मबाट निकालिनु परेको खुलासामा पनि गरेकी छिन् । ‘मैले उनको सर्त नमान्दा मलाई साह्रै तनाव दिए,’ कस्तुरीले भनेकी छिन्, ‘उनीसँग मैले जुनजुन फिल्ममा काम गरेँ, सबैमा तनाव झेल्नुपर्यो । कसैगरी पनि मैले उनको कुरा नमानेपछि मलाई दुईवटा फिल्मबाट निकालिदिए ।’
१० चैत,काठमाडौँ । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको
९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका
८ चैत,चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय नवलपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
६ चैत,काठमाडौं । चैत १० गतेदेखि १२ गतेसम्म तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना
६ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (आज) विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको