एउटा गाउँपालिकालाई दुईवटा निर्वाचन क्षेत्रमा बाँड्न नपाइने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

प्रधानमन्त्रीले ल्याए नयाँ निर्वाचन क्षेत्र निर्धारण विधेयक

६ चैत, काठमाडौं । विभिन्न गाविसलाई जोडेर गाउँपालिका बनाएको सरकारले एउटै गाउँपालिकालाई एक भन्दा बढी निर्वाचन क्षेत्रमा बाँड्न नपाइने कानून प्रस्ताव गरेको छ । तर, नगरपालिकालाई भने भिन्नाभिन्नै चुनाव क्षेत्रमा बाँड्न सकिने छ ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी विधेयकमा नगरपालिकाहरुलाई भने विभिन्न चुनाव क्षेत्रमा बाँड्न सकिने प्रस्ताव गरेको छ । तर, नगरपालिकाका वडालाई एउटै चुनाव क्षेत्रमा राख्नुपर्ने छ ।

स्थानीय तहको निर्वाचन घोषणा गरेको सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी अघि बढाएको छ । यसैका लागि प्रधानमन्त्री प्रचण्डले निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी विधेयक संसदमा दर्ता गरेका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नयाँ संविधानले तोकेअनुसार निर्वाचन क्षेत्र निर्धारणको काम अझैसम्म हुन सकिरहेको छैन । निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी यो विधेयक आइतबार व्यवस्थापिका संसदमा प्रस्तुत हुँदैछ । संसदले यस विधेयकलाई ऐनको रुपमा स्वीकृत गरेपछि प्रादेशिक र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढ्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रस्तावित विधेयक अनुसार प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र जनसंख्या र भौगोलिक अनुकुलता तथा बिशिष्टताका आधारमा निर्धारण हुनेछ । हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा झार्नुपर्ने छ ।

यसरी निर्वाचन क्षेत्र निर्धारण गर्दा एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र हुनेछ भने एकभन्दा बढी निर्वाचन क्षेत्र तोकिने जिल्लामा जनसंख्याको अनुपातमा हरेक निर्वाचन क्षेत्रको जनसंख्या बराबर पारिने विधेयकमा उल्लेख छ । तर, एउटा गाउँपालिका/नगरपालिकाको कुनै पनि भूगोल दुई निर्वाचन क्षेत्रमा पर्न नहुने विधेयकमा प्रस्ताव छ ।press-note-by-pm-office-768x613
त्यसैगरी सरकारले एक जिल्लाको क्षेत्रलाई अर्को जिल्लामा समावेश हुने निर्वाचन क्षेत्रमा पनि समेट्न पाइने छैन ।

प्रदेश सभा निर्वाचन क्षेत्र कस्तो

सरकारले जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको दोब्बर हुने गरी जिल्लामा प्रदेश निर्वाचन क्षेत्र तोक्ने प्रस्तावित विधेयकमा प्रावधान राखेको छ । यसो गर्दा एक जिल्लामा कम्तिमा दुईवटा प्रदेश निर्वाचन क्षेत्रहरु अनिवार्य हुनेछ ।

प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र तोक्दा एक जिल्ला बराबर एक क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाको कुनै पनि वडा एकभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गरी प्रदेश निर्वाचन क्षेत्र निर्धारण गर्न पाइने छैन । सरकारले प्रदेश सभाको निर्वाचन क्षेत्र तय गर्दा जनसंख्यालाई मुख्य आधार मान्ने र भूगोललाई दोस्रो आधार मान्नुपर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल

एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएको छ : महासचिव पोखरेल

९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रधानमन्त्री दाहालद्धारा बधाई तथा शुभकामना व्यक्त

८ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु लाई बधाई तथा शुभकामना दिएका