झापाका होटल तथा लजहरुमा विकृति, दिनदहाडै नेपाली युवतीसँग भारतीयहरु.. |

पछिल्लो समय नेपाली होटल लजमा साँस्कृतिक विचलनको आरोप लगाउँदै प्रहरीले समात्ने गरेका मानिसहरु मध्ये भारतबाट आउने प्रशस्त भेटिन थालेका छन् ।

SEx-Case

दमक | झापाका कतिपय होटल तथा लजहरुबाट आपत्तीजनक अवस्थामा युवा युवतीलाई प्रहरीले समात्नु सामान्य विषय जस्तै बनेको छ ।

एकातिर होटल लजलाई घर पछिको दोश्रो घरका रुपमा लिने गरिएको विश्व परिवेशमा होटल तथा लजमा प्रहरीको छापा मार्ने कामलाई अस्वभाविक रुपमा लिन सकिन्छ । प्रहरी भने होटललाई सार्वजनिक स्थलका रुपमा लिन सकिने जिकिर सहित त्यहाँ हुने जुनसुकै क्रियाकलापमाथि निगरानी आवश्यक भएको बताउने गर्छ । तर पछिल्लो समय नेपाली होटल लजमा साँस्कृतिक विचलनको आरोप लगाउँदै प्रहरीले समात्ने गरेका मानिसहरु मध्ये भारतबाट आउने प्रशस्त भेटिन थालेका छन् । दुई दिन अघि मात्रै झापाको मुख्य बजार विर्तामोडका विभिन्न होटल लजहरुबाट पक्राउ परेकाहरु मध्ये दुई जना भारतीय छन् । प्याराडाईज होटल एण्ड लज, तिर्खा होटल एण्ड लज र दार्जिलिङ होटल एण्ड लज सहित बिभिन्न होटलहरुबाट पक्राउ परेका १७ जना मध्ये भारतीय नागरिकहरु दुई जना रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई अमर्यादित कृयाकलापमा संलग्न रहेको भनि केही सार्वजनिक अपराध मुद्दामा म्याद थप लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सो क्षेत्रबाट पटक पटक नेपाली युवतीहरुसंग अनैतिक कृयाकलाप गर्दै गरेको अवस्थामा ठूलो संख्यामा भारतीयहरु फेला पर्दै आएका छन् । यसले होटलमा नेपाली युवती भारतीयहरुको यौनशोषणमा परेको प्रमाणित गरेको छैन भारतीयहरुलाई गुपचुपमा सुरक्षित तवरले बसेर आपराधिक धन्दा गर्न प्रोत्साहित गरिरहेको घट्नाका रुपमा लिन सकिन्छ ।

विर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनरामनीका प्रहरी निरिक्षक प्रकाश जवेगु भन्छन– हिजोआज यता (नेपाली) लजमा नेपाली केटीहरुलाई प्रभावित पारेर भारतीयहरुले यौनशोषण गरिरहेको प्रशस्त भेट्न थालिएको छ । उनले नेपाली युवतीहरु यस किसिमले भारतीयको यौनशोषणमा पर्नु दुखद भएको स्वीकारे । उनले भने –यौन शोषण जसले गरेपनि त्यो कानुन विपरीत हुन्छ । तर यताका केटीहरुले सेटिङमा भारतीयलाई संरक्षण गरिदिँदा मानववेचविखन मुद्धा लगायतका थप कडा किसिमको कारवाही हुने गरिको मुद्धा चलाउन नसकिएको हो ।

युवतीहरुले प्रहरीसंग गर्ने बयानका आधारमा भारतीयहरु पक्राउ परेपनि उनीहरुमाथि कडा कारवाही हुन नसकेको प्रहरीको तर्क छ । नेपाली युवतीले नै फोनमा कन्ट्याक गरेर आफैं बोलाएको बयान दिन्छन त्यसले भारतीयलाई उम्किन सजिलो भएको छ – प्रहरी निरिक्षक जवेगुले पूर्वसन्देशसंग टेलिफोन कुराकानीमा भने । उनका अनुसार यस किसिमको यौन शोषण गर्ने कतिपय भारतीयहरु सरकारी जागिरे पनि हुन्छन् । जवेगुले भने – सरकारी सेवामा रहेका भारतीयहरु पनि हुन्छन तिनीहरु सस्पेनमा परुन भन्ने उदेश्यले हामी बढी भन्दा बढी दिन हिरासतमा राख्ने गर्छौंं । त्यस किसिमको अनैतिक कृयाकलापमा संलग्नहरु विरुद्ध नेपाली हुन वा भारतीय उस्तै दण्ड सजाय हुने गरेको निरिक्षक जवेगुले बताए । अहिले सम्म एकाध यौन धन्दा सञ्चालन गर्ने होटल सञ्चालकहरुका विरुद्धमा मानववचेचविखन मुद्धामा कारवाही भएपनि अधिकांशलाई सामान्य प्रकृतिको (सार्वजनिक अपराध सम्बन्धि) मुद्धा मात्रै लगाइने गरेको प्रहरी अधिकारीहरुनै स्वीकार्छन ।

खुल्ला सीमाका कारण भारतीयहरु विभिन्न पेशा, व्यापार, व्यवसाय, मजदुरी , आफन्त भेटघाट र विभिन्न बहानामा सजिलै नेपाली बजारमा आईपुग्ने गरेका छन् । भारतीयहरुले यौनधन्दा सञ्चालन गर्ने होटल र त्यस्तो अनैतिक कृयाकलापमा संलग्न युवती दुवै पक्षलाई अरु सामान्य नेपालीले बुझाउने रकम भन्दा दोब्बर, तेब्बर रकम तिर्ने भएकाले उनीहरु होटल साहु देखी त्यस्ता युवतीहरु सम्मको मन जित्न सफल हुने गरेका समाचार स्रोतहरुले जनाएका छन् । दमकका एक जना होटल व्यवसायी नाम सार्वजनिक नगर्ने शर्तमा भन्छन– इण्डियनहरुले नेपाली भन्दा धेरै पैसा तिरेपछि रित्तै फर्किनु पर्दैन ।

आर्थिक प्रलोभनका कारण भारतीयहरुलाई सहज र सुरक्षित रुपमा होटल लजमा प्रश्रय दिनाले सुरक्षा र अन्य किसिमका सवेंदनशील क्षेत्रमा पार्न सक्ने नकारात्मक प्रभावको नजर अन्दाज गरिनु राम्रो नहुने युवा संघ नेपाल शिवसताक्षी नगर कमिटी अध्यक्ष सुरज रिङगालुङ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित