युवतीहरु आफ्ना आउटफिट्स छनौटमा निकै चुजी हुन्छन् । तर, जतिसुकै फिटिङ्स आउटफिट प्रयोग गरेपनि शरीर सुहाउँदिलो हुदैन । किन रु
यसमा अक्सर उनीहरुले एउटै गल्ती गरिरहेका हुन्छन्, इनरवेयर । कमसल वा शरीरसँग असुहाउँदो इनर वेयर लगाएपछि जस्तोसुकै आउटफिट पनि प्रफेट देखिदैन । खासगरी युवतीहरु ब्रा खरिद गर्दा यस्तो गल्ती गरिरहेका हुन्छन् । ब्राकै कारण उनीहरुको छातीको सेप पनि मिल्दैन ।
१। कप साइज अनुसार ब्रा खरिद – युवतीहरु कपको साइज अनुसार ब्रा खरिद गरिरहेका हुन्छन् । जबकी कपको साइज बदलिरहन्छ । हरेक कम्पनी अनुसार साइज अलग(अलग हुन्छ । त्यसैले ब्रा खरिद गर्दा फिटिङ बदलिन्छ ।
२। साइजभन्दा सानो ब्रा पहिरिनु( कसिलो ब्रा पहिरिनु वा एकै साइजको ब्रा लामो समयसम्म लगाउनु पनि ठूलो गल्ती हो । यसले कपडाको फिटिङ्समा त असर गर्छ नै, स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । त्यसैले ब्रा खरिद गर्दा सहि साइज नै छनौट गर्नुपर्छ ।
३। ब्रालाई कसिलोगरी बाँध्नु( युवतीहरु ब्रालाई कसिलोगरी बाँध्छन् । यसले छालामा रातो दाग पर्ने र सुतेको समयमा असहज हुन्छ ।
४। स्टाइलको चक्कर( अक्सर युवती स्टाइलिस ब्राको चक्करमा परेर आफ्नो स्वास्थ्यलाई नोक्सान पुर्याइरहेका हुन्छन् । कटनको ब्रा लगाउनाले आरमदायक हुन्छ र फिटिङ पनि हुन्छ ।
५। सवै पहिरनमा एकैखाले ब्रा( सवै किसिमको पहिरनमा एकनासे ब्रा लगाउनु पनि सहि होइन । टिसर्ट, ब्लाउज, लो डीप नेकसँग भिन्न भिन्नैखाले ब्रा प्रयोग गर्नुपर्छ ।
६। दिनरात ब्रा लगाउनु( कति युवती हरदिन र राती पनि ब्रा लगाइरहेका हुन्छन् । रातको समयमा ब्रा लगाउनु स्वास्थ्यका लागि हानिकार हुने चिकित्सकको भनाई छ ।
७। कपडामा कन्डिसनर प्रयोग( कतिपय युवती ब्रा धोइसकेपछि कन्डिसनरको प्रयोग गर्छन् । यसले छालामा एलर्जीको खतरा बढाउँछ ।
८। कमसल गुणस्तर( सस्तोको चक्करमा फसेर कतिले कमसल ब्रा खरिद गर्छन् । यस्तो ब्रा फिटिङ्स हुँदैन ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित