सन्धिखर्क, २ चैत । अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहानसहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोमबार भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान, केन्द्रका जिल्ला कमिटी सदस्य फर्सुराम पोख्रेल, पूर्व गाउँ कमिटी अध्यक्ष विष्णुप्रसाद खनाल, पूर्व उपाध्यक्ष कुलप्रसाद खनाल रहेका छन् ।
त्यसैगरी, पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्य नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला विक, इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसङ्घ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्य दिपनारायण चुदाँली, जिवलाल खनाल, खुबिराम खनाल, टोपलाल गिरीलगायत नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताए ।
आफ्नो मेहनत र पसिना एमालेमै खर्चिएको र आफू आफ्नै पुरानो घरमा फर्किँदा खुसी लागेको साथै मुलुकको आमूल परिवर्तन गर्न नेकपा एमाले मात्रै सक्षम रहेको प्रवेशपछि नेता जीवन चौहानले बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले नवप्रवेशीलाई बधाई तथा शुभकामना दिँदै प्रवेशीलाई एमालेमा उचित जिम्मेवारी प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताए ।
आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन सबै आफ्नो ठाउँबाट एकजुट भएर लाग्न नेता आचार्यले आग्रह गरे ।
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको