फागुन २३ काठमाडौ,नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी समितिको बैठक आगामी फागुन २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकले पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने नीति तथा कार्ययोजना तयार गर्ने जनाईएको छ ।
त्यस्तै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन र टुंगोमा पुग्न नसकेको संविधान संशोधनको प्रक्रियाकाबिच बढ्दै गएको राजनीतिक टकरावबाट देशलाई कसरी निकास दिने भन्ने सवालमा बैठकले ठोस नीति तथा कार्ययोजना तयार गर्ने बताईएको छ ।
कार्यकारी समितिको बैठकले यहि फागुन २६ र २७ गते काठमाडौंमै बस्ने अन्तरिम केन्द्रीय परिषद्को बैठकका एजेण्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आन्तरिक कार्यदिशाको सन्दर्भमा निश्चित योजना निर्माण गर्ने स्रोतले बताएको छ ।
नयाँ शक्तिले पार्टीको अन्तरिम संरचना अन्तर्गत १०३ सदस्यीय केन्द्रीय कार्यकारी समिति र १ हजार १९२ सदस्यीय अन्तरिम केन्द्रीय परिषद् बनाएको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको