फागुन २१,काठमाडौं– संविधान संसोधन, स्थानीय तह पुनसर्रंचना आयोगको प्रतिवेदन एव्म स्थानीय तहको चुनावको तयारी लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल माओवादी केन्द्रको वैठक आज बस्दैछ । वैठटक दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
सरकारले बैशाख ३१ का लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ । तर, संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चाको असन्तुष्टिले चुनाव हुने–नहुँने अनिश्चता कायमै छ । यद्यपी प्रधानमन्त्री प्रचण्डले भने जुनसुकै हालतमा चुनाव गर्ने घोषणा गरेका छन् ।
शुक्रबार काभ्रेको कामिडाँडामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने स्पष्ट पारेका थिए । ‘अहिले स्थानीय तहको निर्वाचन नगर्ने हो भने मंसीरमा प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिँदैन । संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय तहको निर्वाचन नहोस् भन्नेमै छन् । सिंहदरबारको अधिकार गाउँ, टोलसम्म पुगेको उनीहरु देख्न चाहँदैनन् ।’ प्रधानमन्त्रीले चुनाव सुनिश्चता गर्दै भनेका थिए, ‘संविधानको जननी माओवादी हो, रगतसँग साटिएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि माओवादीकै हो, त्यसैले स्थानीय तहको निर्वाचन कुनै हालतमा रोकिँदैन, रोक्न सकिँदैन ।’
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको