गौर । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल गृह जिल्ला रौतहट आउँदा आज (आइतबार) दिनभर जसो सदरमुकाम गौर तनावग्रस्त बन्यो ।
संविधान संशोधनमा असहयोगी भूमिका निर्वाह गरेको तथा मधेसी भावना विपरित अभिव्यक्ति दिएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि एमाले र वरिष्ठ नेता माधव नेपालको विरोध गर्न रौतहट सदरमुकाम गौरमा जम्मा भएका थिए ।
मुख्य सडक र चोक चोकमा टायर बालेर मोर्चाका कार्यकर्ताले नेता नेपालको विरोध गरे । पार्टी प्रवेश गर्नेहरुको स्वागत कार्यक्रममा सहभागी हुन नेता नेपाल दिउँसो करिब साढे १ बजे गौर पुगेका थिए । माधव नेपाल सहभागी हुने कार्यक्रम स्थल नजिकै रहेका मोर्चाका कार्यकर्ताले ढुंगा समेत प्रहार गरे ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास समेत प्रहार गर्नु पर्यो । मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीचको झडपमा केही सर्वसाधारण र सञ्चारकर्मी समेत घाइते भए । प्रहरीले प्रहार गरेको लाठी लागेर मोर्चाका कार्यकर्ता नन्द किशोर पटेल घाइते भएपछि स्थिति झन उग्र बन्यो ।
करिब १ हजारको संख्यामा भेला भएका मोर्चाका कार्यकर्ताहरुले एमाले कार्यकर्ताको पिछा गर्दै आक्रमण गर्न थाले । जसकारण एमाले कार्यकर्ताहरुले आफूले चढेको भारतीय नम्बरप्लेट बीआर ०६ पी ५४६१ नम्बरको जीप छाडेर भाग्नु पर्यो ।
एमाले कार्यकर्ता भागेपछि मोर्चाका कार्यकर्ताले उक्त जीपमा आगो लगाएर जलाइ दिएका छन् । पत्रकार घाइते भएकोप्रति पत्रकार महासंघको आपत्ति घटना सम्बन्धी समाचार संकलनका लागि पुगेका हिमालयन टाइम्स दैनिकका संवाददाता प्रभात कुमार झा घाइते भएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
पत्रकार झामाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेका थिए । आन्दोलनका क्रममा पत्रकार घाइते भएको विषयमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ति जनाएको हो । महासंघले विज्ञप्ती जारी गर्दै समाचार संकलनका लागि गएका पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिकै हस्तक्षेप भनेको छ ।
१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज
१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको
१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका
१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ
१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने
१२ चैत,काठमाडौँ। नेकपा(एमाले)का नेता एवं सांसद रघुजी पन्तले कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति