February 23, 2017

फेला पार्‍यो नासाले पृथ्वीजस्तै ग्रह, एलियन वा जीवको संभावना

के पृथ्वीजस्तै अर्को ग्रह होला ? यहि जिज्ञासा मेट्न तत्पर छ, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ।

यसबीचमा नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट-वन’ नामक सौर्यमन्डलको खोजीमा अहम् सफलता हासिल गरेको छ । यसमध्ये तीनवटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटरमार्फत जानकारी गराएको छ ।

‘ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ । यो पृथ्वीभन्दा ३९ प्रकास बर्षको दूरीमा छ । यस सौर्यमन्डलको ग्रहमा पानी उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । नासाले अहिलेसम्म गरेको पृथ्वी जस्तै ग्रहको खोजको यो पहिलो नतिजा हो ।

नासाले स्पिट्जर स्पेश टेलीस्कोपले यस ग्रहको खोजी गरेको थियो । यो ग्रह सिंगल स्टारको वरिपरि छ । नेचर र्जनलमा बेल्जियमस्थित युनिभर्सिटी अफ लीजेका बैज्ञानिक माइकल गिलोनको हवला दिँदै बताइएको छ कि, ‘यस ग्रहमा पानी रहेको पर्याप्त संकेत मिलेको छ ।

खगोलविदका अनुसार सात ग्रहवाला सौर्यमन्डल पहिला पनि पत्ता लागेको थियो । तर, यो नै पहिलो पटक हो, पृथ्वी आकारको ग्रहयुक्त सौर्यमन्डल फेला परेको ।

वैज्ञानिकका अनुसार बृहस्पती ग्रहभन्दा ठूलो ताराबाट यी सात ग्रहमा प्रकाश छरिएको छ, जो सूर्यभन्दा करिब दुई हजार गुणा सुस्त छ । यस ग्रहमा मानिस बस्न लायक वातावरण रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ हुम्लाको हिमपात

 मंसिर  १८ हुम्ला । सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ ।

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आश्रित परिवारले पाए एक लाखसम्म पेन्सन

 मङ्सिर ११, काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने