१२ फागुन, काठमाडौं । बुधबार व्यवस्थापिका संसदको बैठक बस्ने तयारी गर्दैगर्दा सरकार र माओवादी नेताहरु नेकपा एमालेले संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्न दिनेमा सत्तापक्षका नेताहरु ढुक्क थिए ।
चुनावको मिति घोषणासँगै पछिल्लो समय एमाले नेताहरुसँग भएका छलफल निकै सकारात्मक थिए । सुरुमा संशोधनमा छलफल नै हुन दिन्न भन्ने एमाले नेताहरुको बोली एकाएक नरम भएको थियो ।
र, एमालेले संविधान संशोधनको अन्तरवस्तुमा विरोध भए पनि प्रक्रियामा लैजान दिने संकेत दिएको थियो ।
तर, संसद बैठक बस्नुअघि एमाले संसदीय दलका साथै ९ दलको बैठक बस्यो । र, एमालेको बोली फेरियो । एमाले नेतृत्वमा बसेको ९ दलको बैठकले संविधान संशोधन विधेयक पेश भए विरोध गर्ने निर्णय लियो ।
किन फेरियो त एमालेको बोली ?
नौ दलको बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीले सहकर्मी दलहरुसँग सुझाव मागेका थिए । माले महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन विधेयकमाथि छलफल नै गर्न दिन नहुने बताए ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने संसदमा छलफल नै गर्न दिन्न भन्नु अलोकतान्त्रिक भयो भन्ने मत पनि बैठकमा आएको बताए । उनले प्रक्रियामा गएर संशोधन फेल गराउन सकिने बताए ।
नौ दलको बैठकमा एमालेका प्रमुख सचेतक भानभक्त ढकालले पनि प्रक्रियामा लैजान दिन सकिने संकेत गरेका थिए । तर, अन्तिममा संशोधन प्रस्ताव आए विरोध गर्ने निर्णय भयो ।
बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको उद्देश्य संशोधन फेल गराउने भएको बताए । तर, छलफल गराएर फेल गराउने कि नगराई भन्ने विकल्प रहेको भन्दै उनले छलफल गराएर फेल गराउँदा पनि उद्देश्य पूरा हुने बताएका थिए ।
ओलीलाई उधृत गर्दै उनले भने- ‘तर, ब्याक फोर्सको डर छ ।’
नौ दलको बैठकमा ओलीको संकेत भारतीय चलखेलप्रति थियो ।
राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले अहिलेसम्म संविधान संशोधनको समर्थन गरेका छैनन् । राप्रपाले विपक्षमा मत दिने बताएको छ । तर, भारतीय चलखेलका कारण उनीहरु संशोधनको पक्षमा उभिन सक्ने डर एमाले अध्यक्ष ओलीमा देखिएको छ ।
‘उहाँहरुले समर्थन गर्न सक्दैनौं भने पनि थोरै ठाउँ राख्नुभएको छ । र, ‘ब्याकफोर्स’ले उहाँहरुलाई संशोधनलाई समर्थन गर्न बाध्य पार्न सक्छ’ ९ दलको बैठकमा ओलीको विश्लेषण थियो ।
उसो त ‘ब्याकफोर्स’ ले चाहेर सबै हुन नसक्ने र पहिलाभन्दा धेरै विफल बनाएको एमाले अध्यक्षको वुझाइ छ । तर,संशोधन विधेयकलाई संसदको प्रक्रियामा नलगेर नै असफल बनाउनु नै सुरक्षित हुने उनले बताएका छन् ।
यद्यपि एमाले अध्यक्ष ओली संविधान संशोधनबारे यसअघि भन्दा केही लचिलो देखिएको एक नेताले टिप्पणी गरे ।
अब के हुन्छ ?
नेताहरुका अनुसार एमालेले संविधान संशोधनबारे अब राप्रपासहितका दलहरुसँग छलफल गर्नेछ । सरकारको नेतृत्व गरिरहेको माओवादी नेताहरुले पनि एमालेसँग सम्वाद गर्ने तयारी गरेका छन् ।
एमालेले संविधान संशोधन प्रक्रियामा जाँदा आउने परिणाम मधेसी मोर्चाले मान्छ कि मान्दैन भन्ने प्रश्न गरेको छ ।
मोर्चाले संशोधन पास नभई चुनावमा भाग नलिने बताएको छ । यस्तो अवस्थामा एमालेले सकेसम्म छलफल नै गर्न नदिने र गर्नु परे सैद्धान्तिक छलफल गरेर संसदीय समितिमा पठाउने विकल्प रोज्न सक्छ ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन
९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका
८ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरु लाई बधाई तथा शुभकामना दिएका