सर्वोच्चको ध्यानाकर्षण : तीनै तहको निर्वाचन गर

supreme-court-nepalकाठमाडौँ, ११ फागुन । सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो ध्यानाकर्षण गराएको हो ।

स्थानीय तहको पुनःसंरचना नहुन्जेलसम्म स्थानीय निकायको निर्वाचन र स्थानीय तहको पुनःसंरचना भएपछि स्थानीय तहको निर्वाचन गर्न परमादेशको आदेश जारी गरी पाउँ भनी रिट निवेदन परेको थियो ।

अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, पर्शुराम उपाध्याय, विमल ज्ञवाली, लीलाधर उपाध्याय, विजय गौतम र शशिकुमार कार्कीले हालेको रिट निवेदनको सुनुवाइपछि सो ध्यानाकर्षण गराउँदै रिट खारेज गरिएको हो ।

‘स्थानीय तहको निर्वाचन नभई केन्द्रीय तहको निर्वाचनका लागि निर्वाचन मन्चले पूर्णता नपाउने अवस्था रहेको भयबाट पनि स्थानीय तहको निर्वाचन थप अपरिहार्य बनेको छ’– आदेशमा भनिएको छ ।

विसं २०७४ माघ ७ गतेभित्रमा सङ्क्रमणकालको सुनिश्चितता गरिनुपर्ने सरकारको दायित्व भएको हुँदा त्योभन्दाबाहेक अन्यथा कुनै परिकल्पना गरियो भने संविधानप्रतिको जालझेल र बेइमानी हुनेसमेत आदेशमा भनिएको छ ।

आदेशमा भनिएको छ–’संविधानद्वारा निर्धारित समयसीमाभित्र सबै तहको निर्वाचन कार्य सम्पन्न गर्न सघन र सार्थक प्रयास अगाडि बढाउने कुरा नै सर्वाधिक प्राथमिकताको विषय बन्नुपर्ने सरकारको संवैधानिक जिम्मेवारी हरहालतमा पूरा गरिने वान्छनीय देखिएको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री दाहाल

११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न

कोशी प्रदेश नामकरण विवादलाई समाधान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउ : कमल थापा

११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना

बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त

१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक