अमलटारीको सम्पत्ति

मनिकर कार्की निवर्तमान

केही दिनदेखि नै कामको सिलसिलामा नवलपरासी जानुपर्ने थियो, तर अवसर मिलेको थिएन । यसपटक भनें अनायासै नवलपरासीतिर हर्ुइंकिने सोच बनाएँ र तीन बजे बुटवल छाडें । बुटवलबाट एक्लै मोटरसाइकलमा हर्ुइंकिंदा त्यत्ति जाँगर चलेको थिएन । किनकि सामान्यतया केही लामो यात्रामा कोही न कोही साथीको सख्त जरुरत हुन्छ जो । यद्यपि मौसममा आएको बदलीसँगै बाटोमा कडा घाम थिएन र पानी पनि परेको थिएन । वषर्ात्को सुरुवातसँगै पलाउँदै गरेको रुख बिरुवाका नयाँ पालुवाले वातावरण हरित तुल्याएको थियो नै गर्मीयाममा आकाशभरि टम्मै छाएको बादलुको च्यादरले शीतल महशुस भइरहेको थियो । अनि त मौसममा देखिएको अनुकूलताले मलाई ताजगी बनाउँदै लग्यो र एक्लो यात्रा पनि रोमाञ्चित हुँदै गयो । नवलपरासीको गोछडा पुग्दा साँझको ठीक पाँच बजेको थियो । गोछडा पुगेपछि डण्डाका एक जना मित्र कृष्ण गैरेसँग सर्म्पर्क भयो । अब त्यस रात अमलटारीको होमस्टेमा बस्ने निधो गरियो ।

त्यत्तिकैमा दैनिकपत्रका मित्रहरु सीपी खनाल र महेश रिजालसँग सर्म्पर्क भयो । त्यसो त बुटवलबाट हिंड्न क्रममै उनीहरुलाई यात्राको प्रस्ताव गरेकै थिएँ । अनि प्रायजसो यसो फर्ुसदको बेलामा सँगसँगै घुम्न निस्किहाल्ने सीपी र महेश पनि घुम्नजाने भनेपछि सारै रौसिहाल्छन् । हामीलाई अमलटारीमा साथ दिनकै लागि उनीहरु बुटवलबाट साँझ ६ बजे हर्ुइंकिए । गोछडामा हामी चार जनाको भेट हुँदा साँझको त्यस्तै साँढे आठ बजेको थियो । त्यतिबेलासम्म मैले पनि आफ्नो काम सकेर अनलाईनहरुमा अपडेट हेरिरहेको थिएँ । गोछडाबाट अमलटारीतर्फलाग्दा साँझको ९ बजिसकेको थियो । साँझको समयमा भर्खरै पानी परेको भएतापनि बाटो ओभानो भइसकेको थियो । यदाकदा खाल्टाखुल्टीमा पानी जम्नु बाहेक बाटो खासै अफ्ठेरो थिएन । त्यसो त तर्राईतिरका बाटाहरु मोटरसाइकल हर्ुइंक्याउनको लागि असाध्यै मज्जाका हुन्छन् । हामी गोछडा, अमलटारीका खेत खलियानको रात्रीकालीन अवलोकन गर्दै बाघखोरस्थित अमलटारी होमस्टेतिर लाग्यौं ।


हामी चारै जनाको लागि अमलटारीको भ्रमण अपरिचित र नौलो थिएन । मित्र कृष्णको लागि त यो ठाउँ बाल्यकाल बिताएकै ठाउँ भइगयो । बाँकी हामी तीनका लागि पनि यो अपरिचित थिएन । यस अघि पनि पटकपटक हामी त्यहाँ पुगेका थियौं । तथापि त्यहीं होमस्टेमा बास बसेको भने पहिलो अनुभव हुँदै थियो । त्यस दिन अमलटारीका होमस्टेहरुमा खचाखच पाहुना रहेछन् । राती अबेर मात्र जानकारी भएका कारण हामीलाई घरमा खाना खुवाउन नसकिने भन्दै त्यहींको एउटा रेष्टुरेण्टमा खानाको व्यवस्था गरियो र बास बस्न होमस्टेमा लैजाने कुरा भयो ।

बिहानै घरबेटी आमैले कागती हालेको चिया खुवाइन् । चियापछि हामी केही क्षण घुमफिर गर्ने मनसुवाले बाहिरियौं । खेतभरी पहेंलपुर भएर पाकेका चैते धानले बाली लहलह थियो भने कतै अर्को धानबालीका लागि बिउ राख्ने काम भइरहेको थियो । कतैकतै बिउ उम्रिएर हरियो भइसकेको देखिन्थ्यो ।

त्यहींको एक रेष्टुरेण्टमा खाना खाइसकेपछि हामी त्यहींको सांस्कृतिक भवनमा सांस्कृतिक कार्यक्रम हर्ेन गयौं । श्रम र समुदायमा आधारित थारु संस्कृतिका केही झलकहरु हर्ेदा निकै रमाइलो अनुभव भयो । किनकि आफ्नो संस्कार र संस्कृतिको जगर्ेना गर्नका लागि  भर्खरका थारु किशोर किशारीहरुलेे देखाएको उत्साह र उर्जापर्ूण्ा नाचले जोकोहीलाई उत्साहित बनाउँथ्यो नै, युवायुवती सराबरी भएर लाठी बजाउँदै नाचिने लाखे नाच हर्ेदा जति रोमाञ्चित देखिन्थ्यो, त्यत्तिनै जोखिमपर्ूण्ा पनि लाग्दथ्यो । किनकि एक जनाले मात्रै पनि नाचको एक स्टेप बिगारेको खण्डमा ठूलै दर्ूघटना हुने संभावना पनि हुने रहेछ । त्यसकारण एकदमै सावधानीका साथ एकाग्र भएर नाच्नुपर्ने त्यो नाच साँच्चिकै राम्रो लाग्यो । त्यसैगरी थारु संस्कृतिमा आधारित यस्तै लाठी नाच, डम्फु नाच र रिमिक्स् गरी केही आइटम नाचगानसँगै उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिए । हामी पनि सांस्कृतिक कार्यक्रम सकेपछि बास बस्नको लागि पाहुनाघतिर लाग्यौं । पाहुना घरमा गएर सुत्दा रातिको १२ बजिसकेको थियो ।

बिहान उठेर बाहिर निस्किनको लागि तयार हुँदा त्यस्तै सात जति बजिसकेको थियो । बिहानै घरबेटी आमैले कागती हालेको चिया खुवाइन् । चियापछि हामी केही क्षण घुमफिर गर्ने मनसुवाले बाहिरियौं । खेतभरी पहेंलपुर भएर पाकेका चैते धानले बाली लहलह थियो भने कतै अर्को धानबालीका लागि बिउ राख्ने काम भइरहेको थियो । कतैकतै बिउ उम्रिएर हरियो भइसकेको देखिन्थ्यो । यसरी अमलटारीका फाँटहरुमा तीन बाली प्रस्ट देख्न सकिन्थ्यो । कतै धान झुलेर लहलह भएका त कतै जुँगा धारण गरेका हरिया मकैका घोगा र वर्खे रोपाईंका लागि बिउ राख्दै त कतै उम्रिदै गरेको जीवन्त दृष्य, यसले मनलाई सारै मुग्ध बनायो । जसरी अमलटारीले नमूना होमस्टे संचालन गरेर प्रसंसा कमाइरहेको छ, त्यसैगरी यहाँको कृषि उत्पादन पनि लोभलाग्दो देखिन्थ्यो । पानी र सिंचाईको सुविधा पुगेको यो क्षेत्रमा सामान्य रुपमा हर्ेदा पनि तीन बाली प्रस्टै देखिन्थ्यो ।
हामीलाई लेमन टी खुवाउने होमस्टे संचालिका एक जना आमा भन्दै थिइन्, ‘हामी सकेसम्म पाहुनाहरुलाई यहींकै स्थानीय उत्पादन खुवाउँछौं ‘ । माछा, लोकल कुखुरा, हाँस, खसीको मासु तथा स्थानीय रुपमा उत्पादित सागसब्जी नै यहाँको मुख्य मेनु रहेछ । यसपाली पनि घरकै मेनु त चाख्ने अवसर मिलेन, तैपनि यसपटकको अमलटारी बर्साईमा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्पत्तिको बारेमा मनग्गे जानकारी हासिल गरियो । धेरै चोटी अमलटारी गएर पनि त्यहाँको सांस्कृतिक विशेषताको अनुभव लिन पाइएको थिएन, जुन यसपटकको घुमाइमा प्राप्त भयो । साथै यो पटकको भ्रमण नयाँ र साँच्चिकै रोमाञ्चित लाग्यो, किनकि यसपटक  त्यहाँको बारेमा धेरै कुरा जान्ने मौका मिल्यो ।

नेपालकै नमूना र उत्कृष्ट व्यवस्थापन मानिने यहाँ २२ घरमा होमस्टे संचालित रहेछ, जहाँ एकैपटक ८८ जना पाहुनाहरुलाई राख्न सकिने व्यवस्था छ । समुदायको सक्रिय सहभागितामूलक व्यवस्थापनमा संचालियत यहाँको होमस्टे नेपालकै नमूना मानिन्छ ।

अमलटारी अहिले होमस्टे गाउँको रुपमा चर्चित छ । नेपालकै नमूना र उत्कृष्ट व्यवस्थापन मानिने यहाँ २२ घरमा होमस्टे संचालित रहेछ, जहाँ एकैपटक ८८ जना पाहुनाहरुलाई राख्न सकिने व्यवस्था छ । समुदायको सक्रिय सहभागितामूलक व्यवस्थापनमा संचालियत यहाँको होमस्टे नेपालकै नमूना मानिन्छ । बुटवलबाट पुगनपुग ८५ किलोमिटरको दुरीमा रहेको बाघखोर, अमलटारीस्थित थारु गाउँको यो सुन्दर बस्ती तीन वर्षअघिसम्म कहिंकतै जानकारीमा थिएन । न त यहाँ अहिलेजस्तो लर्कोलगाएर बास बस्न देशविदेशबाट पर्यटकहरु नै आउँथे, न त यहाँका मानिसहरु अहिलेजस्तो जान्नेसुन्ने नै भएका थिए । उनीहरुलाई थियो त केवल निकुञ्ज प्रभावित क्षेत्र भएकोले निकुञ्जबाट आउने बन्यजन्तुको डर । अनि अभाव र पछौटेपनले उत्पन्न गरेको निराशाजन्य कुण्ठा ।
हो, २०७० सालसम्म यो गाउँमा अहिलेजस्तो कुनै रौनक थिएन, कुनै आकर्षा थिएन र यत्तिको चर्चा पनि थिएन । जब २०७० साल जेठ महिनाबाट यहाँ होमस्टे सुरु भयो, यसको रौनकनै फेरिएको छ् । समुदायको तर्फाट होमस्टेको व्यवस्थापनमा सक्रिय एकजना व्यवस्थापक गणेश गुरौ आफ्नो अनुभव यसरी सुनाउँछन्, ‘पहिलेपहिले हाम्रो गाउँ पछौटे थियो, कसैले चिन्दैनथे । साबिक पिठौली गाविसमा पर्ने यो वडा निकै पिछडिएको वडा थियो । बाघखोर भन्ने त कसैलाई थाहै थिएन’ । जब निकुञ्ज प्रभावित मध्यवर्ती क्षेत्रको पर्यावरण, आर्थिक, सामाजिक विकासको कुरा आयो तब यहाँका मान्छेहरु जागे र केही अगुवाले होमस्टेको अवधारणा ल्याएको गुरौ सुनाउँछन् । उनी भन्छन्, ‘यो गाउँका हामी सबै बर्दियाको डल्ला गाउँको होमस्टे हर्ेन गयौं  र त्यहींबाट सिकेर हामीले होमस्टे संचालन गर्यौं’ । पर्ूण्ातया समुदायकै व्यवस्थापनमा संचालित बाघखोर उर्फअमलटारी होमस्टेको संचालन प्रक्रिया पनि पर्ूण्ातया समुदायमा आधारित रहेछ ।

यहाँ आउने जोसुकै पाहुनालाई कार्यालयमार्फ सर्म्पर्क गरेर कार्यालयले नै कुन घरमा बसाउने भन्ने तय गर्ने गरेको रहेछ । यसरी होमस्टे भएका सबै घरको खाता कार्यालयसँग रहने र क्रमैसँग पाहुनाहरुलाई बाँडेर पठाउने गरिएको रहेछ । अनि पाहुनाहरुबाट उठेको पैसा हरेक घरले कार्यालयलाई नै हस्तान्तरण गर्ने र कार्यालयबाट १० प्रतिशत रकम कटाएर बाँकी रहेको रकम पुनः घरघरमै चेकमार्फ भुक्तानी गर्ने रहेछ ।

हो, २०७० सालसम्म यो गाउँमा अहिलेजस्तो कुनै रौनक थिएन, कुनै आकर्षा थिएन र यत्तिको चर्चा पनि थिएन । जब २०७० साल जेठ महिनाबाट यहाँ होमस्टे सुरु भयो, यसको रौनकनै फेरिएको छ् । समुदायको तर्फाट होमस्टेको व्यवस्थापनमा सक्रिय एकजना व्यवस्थापक गणेश गुरौ आफ्नो अनुभव यसरी सुनाउँछन्, ‘पहिलेपहिले हाम्रो गाउँ पछौटे थियो, कसैले चिन्दैनथे ।

यसरी रकम भुक्तानी गर्दा प्रत्येक घरमा समानुपातिक ढंगले वितरण गर्ने र कुनै घरको आम्दानी बढी देखिएको खण्डमा बढी हुन गएको रकमलाई खातामै बक्यौता राखेर समानुपातिक ढंंगबाट वितरण गर्ने गरिएको उनले बताए । यसबाट कुनै घरमा घेरै पाहुना आएर आम्दानी बढी हुने र कुनैमा पाहुना नआएर कम नहुने रहेछ । सबैले समानुपातिक रुपले पाहुनाहरुलाई राख्ने र आम्दानी पनि सोही अनुसार गर्ने रहेछन् । कार्यालयले नै पाहुनालाई रोटेशन अनुसार मिलाउने हुँदा यो महिना कुनै घरको आम्दानी बढी देखियो भने अर्को महिना त्यो घरमा कम पाहुना पठाएर सन्तुलन मिलाउने गरिएको ती व्यवस्थापकले बताए ।

समुदायको पहलमा एकगठ भएर काम गर्ने हो भने हरेक कुराको संभावना छ भन्ने दरिलो उदाहरण बनेर अमलटारी उभिएको छ । होमस्टेको आम्दानीबाटै प्रत्येक घरधुरीले मासिक रुपमा कम्तीमा १५ हजारसम्म आम्दानी गर्न सक्ने रहेछन् । त्यस्तै त्यहाँ अहिले समुदायकै पहलमा एकघर एक रोजगार अभियान संचालन गरेर गाउँका युवायुवतीहरुलाई विभिन्न किसिमका सीप मूलक तालिम संचालन गर्ने गरेको जानकारी पाइयो । समुदायको सामुहिक पहल भएमा गाउँमै बसेर सुन फलाउन सकिन्छ र समुदायको प्रत्यक्ष निगरानी र व्यवस्थापनमा संचालित जुनसुकै परियोजनाहरु सफल हुन सक्छन् भन्ने गतिलो उदाहरण अमलटारीले पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न