९८ वर्षसम्मका उम्मेदवार : ८० काटेका ५१ जना (सूचीसहित)

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेका वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ३ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । १७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो । आजको नयाँ पत्रिकामा खबर छ ।

९० काटेका तीन उम्मेदवार
बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी, सुनसरीको कोसी गाउँपालिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् ।

६ जना स्वतन्त्र
८० कटेका ५१ जना ज्येष्ठ नागरिकमध्ये ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसमा पनि कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिने देवकुमार भारती र रुपन्देहीको लुम्बिनी नगरपालिकामा वडाअध्यक्षमा उम्मेदवारी दिने कोदई यादव ८९ वर्षका छन् । ४५ जनाले कांग्रेस, एमाले, माओवादी, राप्रपा, समाजवादी फोरम र नयाँ शक्तिलगायत दलबाट उम्मेदवारी दिएका छन् ।

८० काटेका ५१ जना उम्मेदवारमध्ये सबैभन्दा बढी राप्रपाका छन् । राप्रपाबाट उम्मेदवारी दिनेमा २० जना छन् ।

यस्ता छन् वृद्ध उम्मेदवार
९८ वर्ष : विष्णुबहादुर रावल (कांग्रेस), वडाअध्यक्ष (दुर्गाथली गाउँपालिका), बझाङ

-९५ वर्ष : टेकबहादुर तामाङ (एमाले), सदस्य (चम्पादेवी गाउँपालिका), ओखलढुंगा

-९३ वर्ष : सफिद मियाँ (एमाले), सदस्य (कोसी गाउँपालिका), सुनसरी

-८९ वर्ष : कोदई यादव (स्वतन्त्र), वडाअध्यक्ष (लुम्बिनी सांस्कृतिक नगरपालिका), रुपन्देही

-८९ वर्ष : देवकुमार भारती (स्वतन्त्र), मेयर (शिवराज नगरपालिका), कपिलवस्तु

-८९ वर्ष : ललिराम थारू (राप्रपा), सदस्य (बैजनाथ गाउँपालिका), बाँके

-८८ वर्ष : ननकउ खाँ पठान (परिवार दल), सदस्य (जानकी गाउँपालिका), बाँके

-८७ वर्ष : टेकबहादुर मगर (राप्रपा), सदस्य (खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका), धनकुटा

-८७ वर्ष : दिलबहादुर राई (स्वतन्त्र), वडाअध्यक्ष (जन्तेढुंगा गाउँपालिका), खोटाङ

-८७ वर्ष : दिलबहादुर राई (स्वतन्त्र), वडाअध्यक्ष (जन्तेढुंगा गाउँपालिका), खोटाङ

-८७ वर्ष : हीरामणि शर्मा पोखरेल (स्वतन्त्र), वडाअध्यक्ष (इटहरी उपमहानगर), सुनसरी

-८६ वर्ष : जशोधरा चमारनी (लोकतान्त्रिक फोरम), दलित सदस्य (गुलरिया नगरपालिका), बर्दिया

-८५ वर्ष : टेढे खाँ (राप्रपा), सदस्य (नरैनापुर गाउँपालिका), बाँके

-८५ वर्ष : प्राग चमार (राप्रपा), सदस्य (महाराजगन्ज नगरपालिका), कपिलवस्तु

-८४ वर्ष : डम्बरबहादुर राई (राप्रपा), अध्यक्ष, फाकफोकथुम गाउँपालिक, इलाम

-८२ वर्ष : खड्गबहादुर कार्की (राप्रपा), वडाअध्यक्ष (गौरादह नगरपालिका), झापा

-८० वर्ष : पदमबहादुर यङया (राप्रपा), वडाअध्यक्ष (याङवरक गाउँपालिका), पाँचथर

-८० वर्ष : पदमबहादुर राई (राप्रपा), सदस्य (भद्रपुर नगरपालिका), झापा

-८० वर्ष : नारायणप्रसाद खरेल (स्वतन्त्र), सदस्य (भद्रपुर नगरपालिका), झापा

-८४ वर्ष : चन्द्रवीर लिम्बू (नयाँ शक्ति), सदस्य (मेन्छयायेम गाउँपालिका), तेह्रथुम

-८० वर्ष : वासुदेव भण्डारी (कांग्रेस), सदस्य (धनकुटा नगरपालिका), धनकुटा

-८१ वर्ष : पदमप्रसाद दाहाल (संघीय समाजवादी), सदस्य (पथरी शनिश्चरे नगरपालिका), मोरङ

-८३ वर्ष : खेमराज पोखरेल (कांग्रेस), वडाअध्यक्ष (इनरुवा नगरपालिका) सुनसरी

-८० वर्ष : मलिम साफी मियाँ (माओवादी केन्द्र), सदस्य (गढी गाउँपालिका) सुनसरी

-८० वर्ष : चौकबहादुर राई (कांग्रेस), वडाअध्यक्ष (साकेला गाउँपालिका), खोटाङ

-८० वर्ष : खड्गबहादुर खत्री (राप्रपा), वडाअध्यक्ष (खोटेहाङ गाउँपालिका), खोटाङ

-८१ वर्ष : बाबुराम कार्की (कांग्रेस), वडाअध्यक्ष (चौदण्डीगढी नगरपालिका), उदयपुर

-८१ वर्ष : रेवन्तबहादुर विष्ट (राप्रपा), मेयर (तानसेन नगरपालिका), पाल्पा

-८२ वर्ष : ताराप्रसाद पन्थी (राप्रपा), वडाअध्यक्ष (मालारानी गाउँपालिका), अर्घाखाँची

-८३ वर्ष : रामप्रसाद पन्थी (कांग्रेस), सदस्य (मालारानी गाउँपालिका), अर्घाखाँची

-८० वर्ष : काशी चमार (बहुजन शक्ति पार्टी), वडाअध्यक्ष (रामग्राम नगरपालिका), नवलपरासी

-८३ वर्ष : गुर्रे अहिर (समाजवादी फोरम), वडाअध्यक्ष (कोटहीमाई गाउँपालिका), रुपन्देही

-८१ वर्ष : पार्वती चमाइन (देशभक्त समाज), दलित सदस्य (मर्चवारी गाउँपालिका), रुपन्देही

-८२ वर्ष : तुलसीराम शर्मा (राप्रपा), सदस्य (देवदह नगरपालिका), रुपन्देही

-८२ वर्ष : कोइली चमार (राप्रपा), दलित महिला सदस्य (मायादेवी गाउँपालिका), रुपन्देही-

-८१ वर्ष : मानुल्लाह मुसलमान (कांग्रेस), वडाअध्यक्ष (यशोधरा गाउँपालिका), कपिलवस्तु-

-८२ वर्ष : टेकनारायण शर्मा (राजमो), सदस्य (वाणगंगा नगरपालिका), कपिलवस्तु-

-८० वर्ष : काली दमेनी (राप्रपा), दलित महिला सदस्य (गढवा गाउँपालिका), दाङ-

-८१ वर्ष ः वीरसिंह सुनार (राष्ट्रिय जनमुक्ति पार्टी), सदस्य (घोराही उपमहानगर), दाङ

-८० वर्ष : कानी चमार (माओवादी केन्द्र), दलित महिला सदस्य (जानकी गाउँपालिका), बाँके

-८० वर्ष : जंगबहादुर थारु (राप्रपा), सदस्य (नेपालगन्ज उपमहानगर), बाँके

-८१ वर्ष : भगौती थारु (राप्रपा), मेयर (कोहलपुर नगरपालिका), बाँके

-८४ वर्ष : गौहर खाँ (राप्रपा), वडाअध्यक्ष (खजुरा गाउँपालिका), बाँके

-८१ वर्ष : दीपकबहादुर भण्डारी (पूर्वराष्ट्रसेवक), सदस्य (गुलरिया नगरपालिका), बर्दिया

-८२ वर्ष : हंसी सार्की (एमाले), दलित महिला सदस्य (हिमाली गाउँपालिका), बाजुरा

-८३ वर्ष : देवीराम उपाध्याय (राप्रपा), सदस्य (लम्की चुहा नगरपालिका), कैलाली

-८२ वर्ष : तेजबहादुर विष्ट (राप्रपा), सदस्य (जानकी गाउँपालिका), कैलाली

-८३ वर्ष : रघुनाथ रानाथारु (राप्रपा), सदस्य (धनगढी उपमहानगर), कैलाली

-८३ वर्ष : कर्णबहादुर बम (माओवादी केन्द्र), सदस्य (दुहुँ गाउँपालिका), दार्चुला

-८० वर्ष : गोलीदेवी काम (माओवादी केन्द्र), महिला सदस्य (पञ्चेश्वर गाउँपालिका), बैतडी

-८१ वर्ष : देवसिंह धामी (स्वतन्त्र), अध्यक्ष (सिगास गाउँपालिका), बैतडी

-८३ वर्ष : इन्द्रे बोहरा (राप्रपा), वडाअध्यक्ष (डिलासैनी गाउँपालिका), बैतडी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी