९१ वर्षमा स्नातक, १०५ बर्षमा पिएचडीको तयारी !

IMG_7983काठमाडौं – पढ्नका लागि उमेरको कुनै छेकवार छैन भन्ने तथ्यको अर्को उदाहरण फेला परेको छ – ताइवानमा । १०५ वर्षका जाहो मुहेले गरिरहेको पिएचडीको तयारी यतिखेर धेरैका लागि प्रेरणादायी प्रसंग बनेको छ । यो उमेरमा पनि उनले गरेको प्रयासको अहिले चौतर्फि प्रशंसा हुन थालेको छ ।

१०५ वार्षको वृद्ध उमेरमा पनि उनी ताइवानको नेशनल सिन्ह्वा विश्वविद्यालयको अडिटिङ कक्षामा सहभागी भइरहेका छन् । सो कक्षामा उनी पिएचडी उपाधि हासिल गर्नका लागि दत्तचित्त भएर अध्ययनमा संलग्न हुँदै आएका छन् । जाहो सो विश्वविद्यालयमा सन् १९९९ मा भर्ना भएका थिए । उनी संधै मोटरसाइकलमा विश्वविद्यालय जाने र कहिले पनि कक्षा नछुटाउने विद्यार्थी हुन् ।

चीनबाट प्रकाशित हँदै आएको पिपुल्स डेली अनलाइनका अनुसार उनी मध्यरात सम्म पनि अध्ययन गर्थे । जाहोले ९१ वर्षमा स्नातक गरेका थिए । सबै भन्दा धेरै उमेरमा स्नातक गर्ने ब्यक्तिका रुपमा उनको नाम गिनिज बुकमा समेत समाबेश भएको छ । स्नातक पछि उनको पढाइ छुट्यो । तर उनले केही समयपछि पुनः आफ्नो पढाइलाई निरन्तरता दिने निश्चय गरे । त्यसका लागि उनले ताइवानकै नौह्वा विश्वविद्यालयमा भर्ना भएर परीक्षा दिए र उनले सोही विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरे ।

पिपुल्स डेलीका अनुसार जाहो नेशनल सिन्ह्वा विश्वविद्यालयमा सन् २०१५ मा भर्ना भएका हुन् । उनी अहिले पनि एक अपार्टमेन्टको चौथो तल्लामा एक्लै बस्दै आएका छन् । उनी आपूmलाई बुढ्यौलीले नछोओस् भनेर आफ्नो काम आफै गरिरहेका भेटिन्छन् ।

जाहो सन् १९१२ मा सान्दोङ प्रान्तमा जन्मिएका थिए । उनले निजी विद्यालयबाट पढाइ सुरु गरेका थिए भने १४ वर्षमै क्यालिग्राफी पनि पढेका थिए । उनले हङकङमा सन् २०१२ मा क्यालिग्राफी प्रदर्शनी गरेका थिए भने जीवनी पनि प्रकाशन गरेका थिए । त्यो बेला उनले कप्युटर चलाउन नसक्ने भएकाले उनले फाङ याहुइ मार्फत् जीवनी लेखाएका थिए ।

उनी सिक्नको लागि कहिल्यै पनि ढिला गर्न नुहनेमा विश्वास राख्छन् ।-इडुखबरबाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल