March 31, 2020

८७ हजार ग्यास सिलिन्डर वितरण

नेपाल आयल निगमले लकडाउनको अवधिमा काठमाडौँ उपत्यकामा ८७ हजार ६३० ग्यास सिलिन्डर वितरण गरेको छ । यही चैत १४, १५ र १६ गते निगमले सो परिणाममा ग्यास वितरण गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

चैत १४ गते ३३ हजार ६५८, चैत १५ गते १४ हजार १०८ र १६ गते ३९ हजार ८६४ ग्यास सिलिन्डर वितरण भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

उपाध्यायले भने, “भारतबाट ग्यास पेट्रोल आयात भइरहेकै छ, हामीले बजारमा पठाएका पनि छौँ तर ग्यास पाएनौँ भन्ने पनि हुनुहन्छ त्यसैले पठाएको ग्यास कहाँ गयो भनेर हामीले डिलरसँग दैनिक विवरण माग गरेका छौँ, दैनिक विवरण आउन थालेको छ, ग्यास पाएनौँ भन्नेहरूको समस्या समाधानका लागि नै दैनिक विवरण लिएर काम गरेका छौँ, ग्यासको अभाव छैन, ग्यास पाइन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण