५ नम्बर प्रदेशका १०९ तहको ताजा परिणाम,

3-dalकाठमाडौं । ४ उपमहानरगपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह रहेकाे प्रदेश नं. ५ काे पछिल्लाे मत परणाम सार्वजनिक भएकाे छ । ५ नम्बर प्रदेशका १२ वटै जिल्लामा जारी मतगणनाको पछिल्लो अवस्था यस्तो छ ।

– बर्दियाका ८ वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया र गेरुवा गाउँपालिका गरी ४ तहमा माओबादीले अग्रता लिएको छ ।

यसैगरी गुलरीया नगरपालिका, बासँगढी नगरपालिका र बढैया गाउँपालिका गरी ३ तहमा एमालेले अग्रता लिएको छ । एउटा नगरपालिका राजापुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ

– पाल्पाका १० वटा स्थानिय तहमध्ये एमालेले ६ र नेपाली कांग्रेसले ३ तहमा अग्रता लिएका छन् । रामपुरमा भने केहिबेरअघि मात्रै मतगणना सुरु भएको छ ।

पाल्पाको तानसेन नगरपालिका, पुर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैना छहरा गाउँपालिका र रम्भा गाउँपालिकामा अग्रता लिएको छ । यस्तै नेपाली कांग्रेसले बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र माछागढी गाउँपालिकामा अग्रता लिएको छ । पाल्पाका २ वटा वडामा कांग्रेस र एउटामा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

– रोल्पाका १० वटा स्थानिय तहमा मतगणना भैरहेको छ । रोल्पामा माओवादीले ७ वटामा, कांग्रेसले २ वटामा र एमालेले एउटा तहमा अग्रता लिएको छ ।

माओवादीले थवाङ गाउँपालिका, दुइखोली गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा अग्रता लिएको छ । यस्तै नेपाली कांग्रेसले सुर्वणवती गाउँपालिका र लुंग्री गाउँपालिका तथा एमालेले सुकिदह गाउँपालिकामा अग्रता लिएका छन् । रोल्पाको माडी गाउँपालिका १ नं। वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ

– अर्घाखाँचीका ६ स्थानीय तहको मतगणना जारी रहेको छ । अर्घाखाँचीमा ३ तहमा कांग्रेस, २ तहमा एमाले र १ तहमा राष्ट्रिय जनमोर्चाले अग्रता लिएका छन् ।अर्घाखाँचीको शितगंगा, छत्रदेव र पाणीनीमा कांग्रेसले अग्रता लिएको छ । यस्तै मालारानी र सन्धीखर्कमा एमाले अघि छ भने भुमिकास्थानमा राजमो अघि रहेको छ ।

–रुकुमका ३ वटा स्थानिय तहमा मतगणना भैरहेको छ । मतपेटिका संकलनमा ढिलाइ भएपछि दिउँसो मात्र गन्न सुरु गरिएको थियो ।

– प्युठानका ९ वटा तहमध्ये ५ वटामा एमाले अघि ५ । नौबहनी गाउँपालिका, सरुमारानी गाउँपालिका ऐरावती, गाउँपालिका, माण्डवी गाउँपालिका र झिमरुकमा एमालले अग्रता लिएको छ ।

यस्तै स्वर्गद्धारी नगरपालिकामा राजमोले अग्रता लिएको छ भने मल्लरानी गाउँपालिकामा माओवादी राजमो गठबन्धनका उम्मेद्वार अघि छन् । प्यूठान नगरपालिकामा माओवादी केन्द्रका उम्मेद्वार र गौमुखी गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

– बाँकेमा ८ वटा स्थानिय तहमध्ये ३ वटामा एमाले, ३ वटामा कांग्रेस, एउटामा राप्रपा र अर्कोमा संघिय समाजवादी फोरमले अग्रता लिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा एमालेका उम्मेद्वारले १३७ सहित अग्रता बनाएका छन् । यस्तै एमालेले खजुरा र बैजनाथपुरमा अग्रता लिएको छ ।

कांग्रेसले भने कोहलपुर नगरपालिका, राप्ती सुनारी गाउँपालिका र दुदुवमा अग्रता लिएको छ भने, संघिय समाजवादी फोरम नेपालले नरैनापुर र राप्रपाले जानकी गाउँपालिकामा अग्रता लिएको छ ।

– दाङका १० स्थानीय तह मध्ये ९ स्थानीय तहको मतगणना जारी छ । जारी मतगणनामा एमाले ४ स्थानमा, काग्रेस ४ स्थानमा र माओवादी केन्द्र २ स्थानीय तहमा अघी छन । दाङका दुइ उपमहानगरपालिका घोराही र तुल्सीपुरमा एमाले अघी छ । त्यस्तै, गढवा र दंगीशरणमा पनि एमाले अघी छ ।

लमही नगरपालिका, बंगलाचुली र राप्ती गाउँपालिकामा काग्रेस अघी छ भने राजपुर र शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । फर्जी मत हालेको भनेर बिवादमा रहेको बबइ गाउँपालिकामा भने अहिलेसम्म पनि मतगणना शुरु भएको छैन ।

सहमतिको प्रयास जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङमा माओवादी चार, एमाले र काग्रेस एक एक वडामा बिजयी भएका छन् ।

– नवलपरासी ७ वटा मध्ये ४ मा कांगेस, २ वटामा संघिय समाजवादी फोरम, र एउटामा एमालेले अग्रता लिएका छन् । कांग्रेसले प्रतापपुर गाउँपालिका, बर्दघाट, सुनवल र रामग्राम नगरपालिकामा अग्रता लिएको छ ।

पालीनन्दन र सरावलमा संघिय समाजवादी फोरमले र सुस्तामा एमालेले अग्रता लिएको छ । यस्तै नवरपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा कांग्रेस प्यानल, २ मा एमाले प्यानल, ३ मा माओवादी र ४ मा लोकतान्त्रिक फोरम विजयी भएका छन् ।

– गुल्मीमा १२ स्थानीय तहको मतगणना भैरहेको छ । यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसले एक नगरपालीका सहित आठ गाउँपालीकाहरुमा आफ्नो अग्रता कायम गरेको छ ।

काँग्रेसले रेसुङ्गा नगरपालीका सहित, चन्द्रकोट,कालीगण्डकी, छत्रकोट, गुल्मी दरवार, ईस्मा र मालीका गाउँपालीकामा अग्रता लिएको छ ।

त्यसैगरि एमाललेले मुसिकोट नगरपालीका सहित रुरु र धुर्कोट गाउँपालीकामा अग्रता लिएको छ । गुल्मीका १२ स्थानीयह तहहरु मध्य मदाने गाउँपालीकामा भने विहिवार वेलुकीसम्म पनि मतगणना शुरु हुन सकेको छैन ।

बुुधवार रातिदेखि केही गाउँपालीकाहरुमा मतगणना शुरु गरिए पनि नतिजा आउने क्रम भने ढीलो भएको छ । रात भरनै मतगणना जारी रहने र संभवतह शुक्रवार रातीसम्ममा गणना भएका सवै नगरपालीका र गाउँपालीकाहरुको सम्पूर्ण नतिजा घोषणा हुने मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले बताउनु भएको छ ।

रेसुङ्गा नगरपालीकामा वडा नम्बर १, र १४ मा वार्ड अध्यक्ष सहित काँग्रस प्यानल विजयी बनेको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले बताउनु भएको ।

– कपिलवस्तुका १० वटा स्थानिय तहमध्ये कांग्रेसले ४ वटामा अग्रता लिएको छ । एमालेले २ ठाउँमा अग्रता लिएको छ । कपिलवस्तुमा राप्रपा एकठाउँमा अघि छ भने स्वतन्त्र उम्मेद्वारले पनि एकठाउँमा अग्रता लिएका छन् ।

यसोधरा गाउँपालिकामा माओवादीले अग्रता लिएको छ भने मायादेवी गाउँपालिकामा संघिय समाजवादी फोरमले अग्रता लिएको छ ।

– रुपन्देहीका १२ वटा मध्ये ११ वटा तहमा मतगणना भैरहेको छ । ११ वटा मध्ये ४ वटा तहमा नेपाली कांग्रसले अग्रता लिएको छ । एमाले ३ तहमा अग्रता लिएको छ भने संघिय समाजवादी फोरम नेपालले २ तहमा, राप्रपाले एक तहमा र स्वतन्त्र उम्मेद्वारले १ तहमा अग्रता लिएका छन् ।

बुटवल उपमहानगरपालिकामा माओवादी कांग्रेस गठबन्धनका उम्मेद्वार खेलराज पाण्डेयले ९ सय ७७ मत लिएका छन् भने एमालेका शिवराज सुवेदीले ५ सय ९४ मत पाएका छन् । रुपन्देहीको देवदह, समरीमाइ र सिद्धार्थनगरमा कांग्रेसले अग्रता लिएको छ ।

यस्तै तिलोत्तमा, सैनामैना र कञ्चनमा एमाले, लुम्विनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार, शुद्धोधन गाउँपालिकामा संघीय समाजवादी फोरम र सियारी गाउँपालिकामा राप्रपा अगाडि रहेको छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल