काठमाडौं, २७ फागुन – चार लाख घूस लिँदालिँदै काठमाडौं जिल्ला विकास समितिका नायव सुब्बा (नासु) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिविसका नासु गोवर्धन खड्कालाई घूस रकमसहित नियन्त्रणमा लिएको हो ।
खड्कामाथि अध्याय ट्रेड एण्ड सप्लायर्स, जोरपाटीका कर्मचारीसँग बालुवा गिटीको कर उठाउने क्रममा प्रयोग गरिने विलको प्याड नमिलेको र सो मिलाउन स्थानीय विकास अधिकारी र योजना अधिकृतलाई मासिक एक लाख रुपैयाँ वा एकमुष्ट पाँच लाख रुपैयाँ दिनुपर्छ भनी दुःख दिएको उजुरी परेको थियो ।
त्यस्तै, उनीमाथि अन्य काममा समेत आलटाल, ढिलासुस्ती गरेको लगायतका उजुरी थियो ।
उजुरीका आधारमा शुक्रवार आयोगको कार्यालयबाट खटिएको टोलीले नासु खड्कालाई सेवाग्राहीबाट चार लाख घुस लिंदै गरेको अवस्थामा निजकै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।