काठमाडौं । कोरियन भाषा परीक्षा अनलाइन फारम खुलेको ३० घण्टामै १६ हजार भन्दा बढी युवाले आवेदन दिएका छन्।रोजगार अनुमती प्रणाली ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार बिहीबार साढे ४ बजेसम्म १६ हजार एक सय ९३ जनाको परीक्षा आवेदन फारम समिट भइसकेको छ। शाखाले बुधाबार बिहान १० बजेदेखी अनलाइन परीक्षा आवेदन फारमको लागि पेज खुल्ला गरेको थियो। पेज खुल्ला हुनासाथ अनलाइन आवेदन फारम भर्नेको चाप क्रमश बढेको खतिवडाले जानकारी दिए।
दिनको समयमा बैंकमा पैसा तिर्ने र रातको समयमा अनलाइन फारम भर्नेहरुको संख्या पनि देखिएको छ। शाखाले एउटा बैंकबाट मात्र आवश्यक २४ डलरको भौचर भर्नु पर्ने गरी लगाएको निर्णयबाट भने बैंकका शाखामा लामो लाइन देखिएको छ। यस पटक बैंकमा देखिएको जस्तै लाइन विगतका वर्षमा फारम लिनेका लागि हुन्थ्यो। अनलाइन आवेदन फारम यही चैत १८ गते रातको १२ बजेसम्म समिट गर्ने सकिन्छ। यसका लागि एमआरपी पासर्पोट नम्बर, बैंक भौचर नम्बर र अनिवार्य रुपमा इमेल आइडी आवश्यक पर्छ।
आवेदन फारम भर्नेले इमेल आइटीबाटै परीक्षाका लागि आवश्यक प्रवेश पत्र प्रिन्ट गरेर दिन पाउने छ। गत वर्ष ६१ हजारले आवेदन फारम भरेपनि यो वर्ष ८० हजार भन्दा बढीले आवेदन फारम भरेको शाखाको अनुमान छ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने