२५ वर्षदेखि गण्डकबासीले क्षतिपुर्ति पाएनन्

नवलपरासी– गण्डक क्षेत्रका बाढी पिडितहरुले अझैपनि क्षतिपूर्ति पाउन सकेका छैनन् । लामो समय वितिसक्दापनि भारत सरकारले सम्झौता कार्यान्वयनमा चासो नदिंँदा गण्डक क्षेत्रका बाढीपीडित मर्कामा परेका छन् ।gandak-4_BTTbxBO9kv

वि.स २०५० देखि २०६४ सम्मको बाढीले क्षति पुगेका नवलपरासी दक्षिणी क्षेत्रका साविक १३ वटा गाविसका ८ हजार ४ सय ६४ घरधुरीलाई भारत सरकारले उपलब्ध गराउने भनेको क्षतिपूर्ति बर्षैा वितिसक्दा पनि उपलब्ध हुन सकेको छैन । त्यसबेला नारायणी नदीमा आएको भिषण बाढीले जिल्लाको गण्डक कमाण्ड क्षेत्रका साविक गाविसहरु त्रिवेणी सुस्ता, रुपौलिया, कुडिया, नर्सही, पक्लिहवा, गुठीपर्साैनी, बैदौली, ठुलो खैरटवा, भुजहवा, सोमनी, जमुनिया र प्रतापपुर लगायत पूर्ण डुबान र कटानमा परी अर्बौंको क्षति भएको  थियो ।

पटक पटकको बाढीले त्यस क्षेत्रमा २ अरब ९३ करोड ६० लाख ९३ हजार बराबर धनको क्षति भएको विवरण संकलन भएपनि करिब २५ वर्ष बित्न लाग्दा अझैसम्म  क्षतिपुर्ति पाउन नसकिएको गण्डक नियन्त्रण सघर्ष समितिका सचिव दुधनाथ गुप्ताले बताए । 

नेपाल भारत सरकारबीच २०१६ सालमा भएको २१ बुँदे गण्डक सम्झौता अनुसार गण्डक क्षेत्रमा यातायात, विद्युत, खानेपानी, सिंचाई, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गर्ने र बाढीले हुने क्षतिको क्षतिपूर्ति समेत भारत सरकारले व्यहोर्ने सहमति भएको थियो । २१ बुँदे सहमति अन्तर्गत यातायात, विद्युत बाहेकको कुनै पनि बुँदा कार्यान्वय नभएको ईन्द्रेणी सामाजिक विकास मञ्चका प्रबन्धक बद्री सुबेदीले बताए । 

२०६४ सालमा गण्डक क्षेत्रको अवस्था जोखिमपूर्ण हुदै जाँदा १३ वटै गाविसका हजारौ गण्डक पिडितहरु भारतीय नहरमा ३४ दिनसम्म पानी रोक आन्दोलन गरेका थिए ।  सो आन्दोलनले भारत र नेपाललाई वार्तामा आउन बाध्य बनाएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी गोविन्द खनालको रोहबरमा गण्डक नदी नियन्त्रण सघर्ष समिति र भारतीय पक्ष बीच क्षतिपूर्ति, भौतिक संरचना निर्माण, सडक कालोपत्रे, बाँध मर्मत, स्वास्थ्य, शिक्षा र खानेपानी लगायत सुबिधाका विभिन्न विषयका बुँदामा पुनः सहमति भएको थियो । 

भारत सरकारले ब्यारेजदेखि त्रिवेणीधाम, र झुलनीपुर तथा नहर नजिकका गाउँहरुमा पक्की सडक निर्माण, गुदरियाको पुल निर्माण, ६० क्युसेक क्षमताको पक्की नहर, ब्यारेजको ए ग्यापदेखि बी ग्यापसम्मको बाँध निर्माण जस्ता काम गरेपनि जनधनमा भएको क्षति वापतको क्षतिपूर्ति भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी