२४ घण्टाभित्र २ हजार ५ सय ५८को पिसीआर परीक्षण

जेठ ५,काठमाडौं : नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सोमबारमात्र कोरोनाबाट संक्रमित हुनेको संख्या ६२ पुग्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालगञ्जमा देखिएका ४७ जना सहित ५३ जनाको एकै पटक कोरोना पुष्टि भएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान ९ जनामा कोरोनाको पुष्टि भएको भनि जानकारी दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ३० हजार ७ सय २३ जनाको पिपिआर परीक्षण गरिएको छ । यस्तै, ६९ हजार ५ सय ६० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप २ हजार ५ सय ५८ जनाको पिसीआर र १ हजार ७ सय ९१ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जम्मा ४ हजार ३ सय ४९ जनामा परीक्षणग गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

फागुन मसान्तसम्म ४ सय ५६ जनाको परीक्षण गरिएको थियो । मन्त्रालयले दिएको जानकारी अनुसार चैत्र मसान्तसम्म ५ हजार १ सय ८४ जना, वैशाख मसान्तसम्म २१ हजार ३ सय ४० जनाको परीक्षण गरिएको थियो भने जेठमा परीक्षणको दायरा बढाएर हालसम्म १ लाख बढीमा पिसीआर र आरडिटी विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९० जना क्वारेन्टाइनमा रहेको छन् । जस अनुसार प्रदेश १ मा १ हजार १ सय ८० जना, प्रदेश २ मा ३ हजार ८० जना, बागमति प्रदेशमा २ सय ८५ जना, गण्डकी प्रदेशमा ३ सय ९३ जना रहेका छन् । यस्तै, प्रदेश ५ मा १२ हजार ८ सय १५ जना, कर्णाली प्रदेशमा ७ सय ७ जना र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३० जना क्वारेन्टाइनमा रहेका छन ।

हालसम्म आइसोलेसनमा ४ सय १२ जना रहेका छन् । काठमाडौं उपत्यकामा २६ जना र उपत्यका बाहिर ३ सय ८६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी