काठमाडौँ, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले सोमबार बजेट पेस गर्न लागेको हो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बजेटको अन्तिम तयारीबारे आइतबार जानकारी गराएका छन्, गोरखापत्रमा खबर छ ।
अर्थमन्त्रीको निजी सचिवालयका अनुसार अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र बजेट महाशाखाका प्रमुख मधु मरासिनी समेतले बजेटका अन्तर विषयमा जानकारी गराएका हुन् । अर्थमन्त्री महराले व्यवस्थापिका संसद्मा सोमबार ४ बजे सरकारको आगामी आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १२ खर्ब तीन अर्ब रुपियाँको सीमा तोकेको छ । यही सीमाभित्र रहेर सरकारले बजेट ल्याउने तयारी गरेको हो । यस पटकको बजेटमा नयाँ किसिमका कार्यक्रम नसमेटिए पनि स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उपप्रधानमन्त्री महराले यसअघि नै स्पष्ट पाएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।