१७ वर्षीया किशोरीलाई ट्रकभित्र लगेर सामूहिक बलात्कार

काठमाडौं, चैत ५ : काठममाडौंको थानकोट क्षेत्रमा ट्रकभित्र लगेर एक किशोरीलाई सामूहिक बलात्कार गरिएको छ।

चन्द्रागिरि नगरपालिका १५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेका हुन्।

थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटना मंगलबारको हो।

त्यस दिन बिहानै धादिङकी ती किशाेरी घर जान गाडी कुरेर बसेकी थिइन्। त्यस क्रममा तीन जनाले फेला पारी उनलाई घर पुर्‍याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका हुन्। 

बलात्कारमा संलग्न आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरिसकेकाे छ। 

‘घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छौं,’ बुधबार डीएसपी श्रेष्ठले भने, ‘घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका ९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका २ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका १ का सञ्जय घर्ती मगरलाई पक्राउ गरिएकाे हाे। उनीहरू २० देखि २५ वर्षसम्म उमेरका रहेकाे प्रहरीले जनाएकाे छ। 

पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतकाे हिरासतमा राखेर प्रहरीले घटनान अनुसन्धान अघि बढाएकाे छ।

पीडित किशोरीलाई भने माइती नेपाल संस्थाको जिम्मा लगाइएको थानकोट प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने