१६ वर्षपछि असारमै बजेट पास, साउन १ देखि नै खर्च गर्ने

३० असार , काठमाण्डाै । १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै(असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो। बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो।

तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो। तर कांग्रेस र माओवादीनेतृत्व सरकार ढाल्नका लागि बजेटका आक्षित विधेयक व्यवस्थापिका संसदबाट पारित हुन दिइएको थिएन।

सरकार परिवर्तन भयो। अर्को आर्थिक वर्ष लागेपछि माओवादी नेतृत्वमा बनेको कांग्रेससहितको सरकारले आर्थिक विधेयक संसद्मा लगेर पास गराए, त्यतिञ्जेल समसामयिक कर असुली ऐन २०१२ को व्यवस्थाअनुसार राजपत्रमा सूचना प्रकाशित गरी राजस्व उठाइएको थियो। उक्त आधारमा विनियोजन विधेयक गत वर्ष असारमै पास भएका थिएनन्।

तथ्यांकअनुसार १६ वर्षअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यका पालामा ०५७\५८ मै बजेट पारित भएको थियो। सरकारले जेठ १५ मा सदनमा प्रस्तुत गरेको  बजेटको सबै विधेयक पास भएपछि साउन १ बाटै खर्च गर्ने, राजस्व र ऋण उठाउने बाटो खुलेको छ। असार मासान्तभित्रै विनियोजन विधेयक पारित भएकाले यसपटक पेस्की खर्च विधेयक भने आवश्यक पदैन।

अब संघ, प्रदेश र स्थानीय तहले साउन १ देखि नै बजेट खर्च गर्न पाउनेछन्। विनियोजन विधेयकले खर्च गर्न, आर्थिक विधेयकले राजस्व उठाउन र राष्ट्र ऋणले आन्तरिक ऋणउठाउने बाटो खुल्छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी