१३६ वटै स्थानीय तहको नतिजा, कसले कहाँ जिते ?

काठमाडौं– दुई नम्बर प्रदेशमा असोज २ गते सम्पन्न भएको १ सय ३६ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । मधेस प्रदेशका रुपमा चिनिएको २ नम्बर प्रदेशमा मधेसी दलहरुले प्रभुत्व जमाउन सकेनन् ।chunab-vote_eI0ChIhylq

नेपाली कांग्रेसले ४० स्थानीय तह जितेर २ नम्बर प्रदेशमा पहिलो भए पनि सन्तोषजनक नतिजा ल्याउन सकेन । 

२ नम्बर प्रदेशको सबैभन्दा ठूलो शक्ति भनिएको राजपा नेपाललाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले जितेको छ । फोरमले पर्साको वीरगञ्ज महानगरपालिकासहित २६ स्थानीय तह जितेको छ । 

राजपा नेपालले धनुषाको जनकपुर उपमहानगरपालिकासहित २५ स्थानीय तहमा जित हासिल गरेको छ । 

पहिलो र दोस्रो चरणको निर्वाचन तेस्रो भएको नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा २१ स्थानीय तह जितेर तेस्रो बनेको छ । 

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो बनेको प्रमुख प्रतिपक्षी दल एमाले भने यो प्रदेशमा बाराको जीतपुर सिमरा उपमहानगसहित १८ स्थानीय तहमा सीमित हुँदै पाँचौं शक्ति बनेको छ । समग्रमा भने एमाले पहिलो नै बन्न पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल