आफ्नो जिवनकालमा १ सय ३० जना महिलासँग बिहे गरेका अबुबकरका कुल २ सय ३ जना बच्चाबच्ची जन्मिएका थिए ।
बढी भन्दा बढी बिहे गर्नु आफ्नो जिवनको पवित्र मिसन रहेको र सोही कामका लागि आफू दुनियाामा आएको बताउने अबुबकर पछिल्लो समय थला परेका थिए र बिमारी अवस्थामा आफ्नै घरमा उनको मृत्यु भएको हो ।
ती कीर्तिमानी पुरुषको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरु सामेल भएका थिए । उनी कुरानको आफुखुसी तथा विवादित व्याख्या गरेर समेत चर्चामा आएका थिए । कुनैपनि पुरुषले आफुले जति चाह्यो उति बिहे गर्नसक्ने भनी कुरानमा लेखिएको उनको जिकिर हुने गर्दथ्यो । उनका अनुसार पुरुषले कुनै दुखदर्द विना जतिवटी श्रीमतीलाई सम्हाल्न सक्छ उति बिहे गर्ने हक राख्दछ ।
सन् २००८ मा मुस्लिम धर्मगुरुहरुले उनको तिव्र आलोचना गरी ऊबेलासम्मका उनका ८४ श्रीमतीमध्ये ८० श्रीमतीलाई तलाक दिन माग गरेका थिए । तर त्यसको जवाफमा उनले बिहे गर्नु आफ्नो पवित्र उद्धेश्य तथा मिसन रहेको बताएका थिए ।
उनले कुल १३० महिलासँग बिहे गरे । उनका केही श्रीमतीहरु ऋहिलेपनि गर्भवती रहेको बताइन्छ जबकी उनले २०३ जना बच्चा पहिले नै जन्माइसकेका छन् । एजेन्सी