११ वर्षमा यति परिवर्तन भए कपिल शर्मा, हेर्नुहोस् करियरको सुरुवातका तस्बिर

kapil_sharma_bald_1_14898भारतीय हास्यकलाकार कपिल शर्माले शनिबार सोसल मिडियामा जालंधरकी भवनीत चतरथ (गिन्नी) सँग विवाह गरेको बताएका छन् । गिन्नीलाई उनले श्रीमती बताएका छन् । यद्यपी, दुबैको विवाह कहिले, कहाँ र कसरी भयो यसबारे कुनै जानकारी आएको छैन । स्मरण रहोस्, दुबैले एक कार्यक्रम ‘हंस बलिए’ मा सँगै काम गरिसकेका छन् ।

केहि समयअघि कफी विद करणमा पुगेका कपिल शर्माले उनी अमृतसरबाट मुम्बई हास्यकलाकार नभई गायक बन्न आएको बताएका थिए । तर मुम्बईमा गायकको भीड लागेको देखेपछि उनले कमेडीको बाटो अपनाएको जानकारी दिए ।

सन् २००६ मा सुरु गरे करियरः

कपिलले पहिलो ब्रेक सन् २००६ मा आएको टेलिभिजन कार्यक्रम ‘हंसदे हंसदे रावो’ बाट पाए । सन् २००७ मा प्रसारण भएको ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज सिजन थ्री’ लाई जितेपछि उनी लाइमलाइटमा आएका थिए । त्यसपछि उनी कमेडी सर्कस, झलक दिखलाजा र कमेडी नाइट्स विद कपिलजस्ता विभिन्न कार्यक्रममा देखिए । अहिले उनी सोनी टेलिभिजनको कार्यक्रम ‘द कपिल शर्मा शो’ संचालन गरिरहेका छन् । विभिन्न कार्यक्रमका साथै उनी बलिउड फिल्म ‘किस किसको प्यार करुँ’ मा पनि मुख्य भूमिकामा अभिनय गरिसकेका छन् ।

kapil_sharma_unseen_1_148

आमाले ‘टोनी’ भनेर बोलाउँछिन्ः

कपिल शर्माको जन्म सन् १९८१ को अप्रिल २ तारिखमा पंजाबको भएको थियो । उनकी आमाले उनलाई ‘टोनी’ भनेर बोलाउँछिन् । उनका बुवा जितेन्द्र शर्मा पुलिस कन्सटेबल थिए र आमा गृहिणी । कपिलका दुई भाइ–बहिनी छन् । भाइको नाम अशोक शर्मा र बहिनी पूजा शर्मा देवगन । कपिल शर्मा कक्षा १० मा हुँदा क्यान्सरका कारण उनको बुवाको मृत्यु भयो । यद्यपी, उनले सबैसँग आफ्ना सबै दुख लुकाएर राखे । उनले कहिले पनि कसैको अगाडि आफ्ना समस्या उजागर हुन दिएनन् । त्यतिबेला पनि उनी हल्का फुल्का कमेडीले साथीहरुलाई हँसाउने गर्दथे ।

kapil_sharma_unseen_2_148

कमेडी नाइट्स विद कपिलले बदल्यो भाग्यः

कपिलको कार्यक्रम ‘कमेडी नाइट्स विद कपिल’ कुनै बेला सानो पर्दाको सबैभन्दा चर्चित कार्यक्रम थियो । सन् २०१३ देखि १६ का बिच कलर्स टिभीमा प्रसारण भएको यो कार्यक्रमले उनको भाग्य बदल्यो । बढ्दो चर्चाका कारण उनी टेलिभिजनको सबैभन्दा महँगो उद्घोषकमा समावेश भए । कपिलका लागि एक थिएटर आर्टिस्टबाट यति ठूलो महँगो कलाकारको यात्रा सहज थिएन । जब उनी थिएटर गर्दथे तब उनले विभिन्न समस्याको सामना गर्नुपर्यो तर आफ्नो कडा मेहनत र कामप्रतिको लगनका कारण उनी सफलताको शिखरमा छन् ।
kapil_sharma_unseen_4_148kapil_sharma_unseen_7_148

kapil_sharma_unseen_8_148kapil_sharma_unseen_6_148

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं