फागुन २६, २०७३ काठमाडौं : रंगहरुको पर्व होली मनाउदै हुनुहुन्छ होला, तर होली मनाउने नाममा उत्शृंखल गतिविधि नगर्नुहोला। यदी गर्नुभयो भने तपाईलाई पुलिसले समात्न सक्छ। यसवर्षको होलीमा प्रहरीले ११ क्रियाकलाप गर्नेहरुलाई पक्राउ गर्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए। उनले होलीका बेला हुनसक्ने संभावित अपराध नियन्त्रणका लागि १ सय ७ ठाँउमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताए।
के-के गर्दा प्रहरीले पक्राउ गर्छ त ?
- डोरी टाँगेर वा अन्य प्रक्रियाबाट चन्दा उठाउँदा
- महिला र पर्यटकहरुलाई अभद्र व्यवहार गर्दा
- जथाभावी सार्वजनिक साधन चलाउने, छतमा या हुडमा यात्रा गराउँदा
- सवारीसाधनमा बसेर मादक पदार्थ सेवन गर्दा
- बिना हेलमेट मोटसरसाइकल चलाउँदा
- जबर्जस्ती अरुलाई रंग र पानी छ्याप्दा ज
- बर्जस्ती अर्काको घरमा गई होली खेल्दा
- चाडपर्वको नाममा जुवातास खेल्दा अ
- नुहार नै नचिनिने गरी रंग लगाई हिड्ँदा
- मादक पदार्थ वा लागूऔषध सेवन गरी हो–हल्ला गर्दा
- मादक पदार्थ वा लागूऔषध सेवन गरी झै–झगडा गर्दा
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।