होम डेलिभरी गर्दा पिसिआर रिपोर्ट अनिवार्य

whatsapp sharing button
काठमाडौं, भदाै १८ः काठमाडौं उपत्यकामा ३ भदौबाट जारी निषेधाज्ञालाई केही खुकुलो गर्दै एक साता थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा यसअघि बन्द गरिएको होम डेलिभरी सेवा र टेकअवे खुलाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले जारी निषेधाज्ञालाई २४ भदौको राति १२ बजेसम्म लागु गर्ने निर्णय गरेको हो ।

बुधबारबाट थप गरिएको निषेधाज्ञाको अवधिभरि खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ । औषधि र पानीको पसल भने दिनभर खोल्न सकिनेछ ।

यस्तै, यसअघि दैनिक उपभोग्य वस्तुको होम डेलिभरी सेवा र टेकअवेलाई बन्द गराइएकामा अब पिसिआर रिपोर्ट नेगेटिभ भएको व्यक्तिले सो सेवा दिन सक्ने व्यवस्था गरिएको छ । यसरी सेवा दिने व्यक्तिले उनीहरूले भेटेका व्यक्तिहरूको अभिलेख राख्नुपर्नेछ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न