हेर्नुहोस् वडाध्यक्षको कार्यालयमा सुत्ने तरिका !

भाद्र १८, रुपन्देही – स्थानीय निकायको निर्वाचन पछि गाउँगाउँमा विकासका लहर पुगेको पार्टीहरूले दाबी गरिरहँदा रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष भने कार्यालयमा मस्त निन्द्रामा वडाका विकासे सपना देखि रहेका छन् ।

sutuwa-ward-adhichya

स्थानीय निकायको निर्वाचनमा उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीका तर्फबाट वडाध्यक्षमा विजयी भएका राम वेलास यादवको कार्यालयमा दिउसै सुत्ने बानीका कारण स्थानीय जनता हैरान भएका छन् ।

उनी बिहान समयमै कार्यालय त आउँछन्, तर, बिहानको खाना खाएर केही छिन आँगनमा सुत्ने बानी परेका उनी कार्यालयमा सेवाग्राहीलाई पर्खाएरै मस्त सुत्ने गरेको स्थानीयको भनाई छ । ‘अध्यक्ष ज्यू सधैँ यस्तै हो हजुर हामीले कतिपल्ट भन्यौं कमसेकम मान्छे आउँदा त अलिक हेक्का राखिदिनु पर्ने हो ।’ एक वडा सदस्यले भने ।

उनको यो हरकत नयाँ हैन, गाउँमा कुनै कार्यक्रम भएको छ भने उनी कुर्सीमा बस्ना साथ उङ्न थाल्छन् । कहिले काँही कार्यालयमै भित्रबाट चुकुल लगाएर सुत्ने गरेको स्थानीयको भनाई छ । उनको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाईरल भएको छ । फेसबुक प्रयोगकर्ताले उनको तस्बिरमा कमेण्ट गर्दै राजनीतिमा सही नेतृत्व आउन नसकेको तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने