हुण्डी कारोबारी विरुद्ध अहिले सम्मकै ठूलाे मुद्दा दायर

काठमाडौं, १२ भदौ – राजश्व अनुसन्धान विभागले  हुण्डी कारोबारी विरुद्ध अहिले सम्मकै सबैभन्दा ठूलो मुद्दा दायर गरेको छ । विभागले काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

district-court-kathmandu

चार अर्व १४ करोड विगो दावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक भुपाल बरालले जानकारी दिए । राजश्व छलिमा विगोको तीन गुणा सम्म जरिवाना समेत लिन पाउने कानूनी व्यवस्था रहेको छ । कति जरिवाना तोक्ने भन्ने विषय अदालतको हातमा छ ।

विभागले काठमाडौंमा बसेर हुण्डी कारोबार गर्ने ७ जना विरुद्ध मुद्दा दायर गरेको हो । विभागका अनुसार मिलन गुरुङ, धरमकुमार गुरुङ, निलिमा थामी राई, राजेन्द्रमान गुरुङ, विद्यादेवी गुरुङ, दलबहादु पुन र लबकुमार नेपाल विरुद्ध विभागले मुद्दा दायर गरेको छ ।

उनीहरुलाई प्रहरीले जेबु टुर्सबाट पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले अनुसन्धानको लागि विभागको जिम्मा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने