जेठ १९, धादिङ – प्रहरीले पाँच जनालाई हिरासतमै यातना दिएको खबर आजको कान्तिपुरमा छ ।
चिरौंदी ७ का होटल व्यवसायी कृष्ण गुरुङ, निर्मल नेपाल, सन्तोष यादव, अंकित तामाङ र सूर्य प्रजालाई हिरासतमै कुटपिट गरिएको हो ।
कुटपिटबाट घाइते सबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतलाका अनुसार पीडितहरुको ढाड र फिलामा रगत जमेको छ । तिघ्रा र पिँडुलामा सुम्ला देखिन्छ ।
पीडित व्यापारीले यातनामा संलग्न प्रहरीविरुद्ध स्थानीय प्रशासनमा उजुरी दर्ता गराएका छन् ।
जोगीमाराको मझिमटारस्थित प्रहरी चौकीका इन्चार्ज नायब निरीक्षक राजु पौडेलले हतकडी लगाएर घोप्टो पारेर बाँसको लठ्ठीले पिटेको उजुरीमा उल्लेख छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।