हिमालमा जीपीएस ट्र्याकिङ : के हो जीपीएस ट्र्याकिङ ?

himal-arohan_cNfD1ncXWGकाठमाडौं – साहसिक क्षेत्र मानिने आरोहणलाई सुरक्षित र वैज्ञानिक बनाउन अब नेपालमा पनि जीपीएस ट्र्याकिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ ।
सगरमाथा चुचुरोमा पुगेर फर्किएका अमेरिकी आरोही चेरिस तोफेर पउलले जीपीएस ट्र्याकिङको सफल प्रयोग गरेपछि नेपालका उच्च भागसम्म ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ट्र्याकिङ सम्भावनाको ढोका खुलेको हो । आजको पूर्ण पोस्टअन्नमा खबर छ ।

पउलले प्रयोग गरेको जीपीएस ट्र्याकिङ सफ्टवेयरमार्फत अमेरिकामा रहेका साथीहरूले सगरमाथा चुचुरोसम्मको प्रत्यक्ष अवलोकन गरेका थिए । आरोही कहाँ पुग्यो, के गर्दै छ र सुरक्षाको अवस्था कस्तो छ जान्न यो प्रविधि प्रयोग गर्न सकिने पउलको भनाइ छ । आरोहणपछि ट्र्याकिङ रिपोर्टबाट आफूले आरोहण गरेको अवस्था र नक्सा दुरुस्त हेर्न पाएको पउलले बताउनुभयो ।

के हो जीपीएस ट्र्याकिङ ?

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाउने लंगिच्युड-ल्याटिच्युडलाई सफ्टवेयरबाट कैद गरी वास्तविक अवस्था हेर्ने र डाटा लिने प्रविधि ट्र्याकिङ हो । जीपीएसले पृथ्वीमा उभिएको बिन्दु देखाउने गर्छ, यसैलाई ट्र्याकिङ गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ । ट्र्याकिङमार्फत ठाउँ, व्यक्ति र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ । लंगिच्युड-ल्याटिच्युडलाई ट्र्याकिङ गरेर पृथ्वीको वास्तविक ठाउँ पत्ता लगाउनु नै यो प्रविधिको काम हो ।

हिमालको धेरै आरोहण हुने फ्रान्स र स्विजरल्यान्डले धेरै वर्ष अघिदेखि यस्तो प्रविधि प्रयोग गरे पनि नेपालमा हुन सकेको थिएन । आरोही पउलले सुरक्षित बन्न जीपीएस डिभाइस आधारशिविरदेखि चुचुरो (८८८४ मि.) पुगेर फर्किंदासम्म प्रयोग गर्नुभएको थियो । नेपालको पर्वतारोहण प्रणाली ०३५ सालको पर्यटन ऐनअनुसार नै भएकाले सरकारले विदेशी आरोही आश्चर्यमा पर्ने गरेको बताइएको छ । नेपालको पर्वतारोहण क्षेत्रमा कुनै पनि सुरक्षा व्यवस्था नभएकाले आरोहण गर्न विदेशी अन्कनाउने गरेको आरोही लाक्पागेलु शेर्पाले बताउनुभयो । फ्रान्स र स्विजरल्यान्डमा आरोहीले सलामी दस्तुर बुझाएपछि जीपीएसलाई अनिवार्य गरी सुरक्षित आरोहण गराउने गरिएको छ । ती देशले आरोहणका क्रममा कुनै समस्या भए जीपीएसकै सहयोगमा तत्काल उद्धारसमेत गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

आरोहीले आफ्नो सुरक्षाका लागि गरेको पहल र आरोहण रेकर्डको प्रमाण वैज्ञानिक नहुनुले आरोही निरास हुने गरेकाले जीपीएस ट्र्याकिङ प्रविधिलाई राज्यले अनिवार्य बनाउनुपर्ने शेर्पाको माग थियो । जीपीएसले पर्यटकको उद्धार, मौसमको जानकारी, असुरक्षित अवस्था आए गाइड, राज्यपक्ष र एजेन्सीलाई अलर्ट गरी सूचना दिने, चुचुरोमा पुगेको वैज्ञानिक प्रमाण बन्ने र उद्धार गर्न सहज बनाउनेछ ।

जीपीएस ट्र्याकिङ प्रयोगको अवस्था

विज्ञानको विकाससँगै जीपीएस प्रयोग सामान्य भएको छ तर जीपीएसलाई ट्र्याकिङ गरेर प्रयोग गर्ने चलन नेपालमा कमै छ । हिजोआज नेपालमा गाडीको अवस्था जानकारी लिन जीपीएस ट्र्याकिङको प्रयोग गर्ने गरेको छ । केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, एम्बुलेन्स, ढुवानी र निजी र भाडामा प्रयोग हुने गाडीले वास्तविक अवस्था थाहा पाउन जीपीएस ट्र्याकिङ गर्दै आएका छन् । अन्य क्षेत्रमा भने प्रयोग भएको छैन ।

जीपीएसले देखाए पनि ट्र्याकिङ नगर्दा आफूले हेर्न खोजेको पृथ्वीको वास्तविक अवस्था जानकारी पाउन सकिँदैन । यसले दिएको डाटालाई सफ्टटवेयर माध्यमबाट हेर्ने र नक्सा बनाइने गरिन्छ । जीपीएस प्रयोग सबैका लागि खुला छ तर नेपालमा जीपीएस निर्यात गरी बिक्री गर्न राज्यको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । आरोहणलाई सुरक्षित एवं व्यवस्थित बनाउन पर्यटन विभागलाई आरोही, व्यवसायी र सरोकारवाला पक्षले अनुरोध गरिसकेको जनाएको छ।तैपनि, विभागले यो प्रविधि प्रयोगबारे चासो नदेखाएको व्यवसायीको आरोप छ ।

हिमालको भौगोलिक स्थिति, आरोहीको सुरक्षा र प्रमाणीकरणका लागि जीपीएस महत्ववपूर्ण डिभाइस हुने उनीहरूको भनाइ छ । पर्वतारोहण क्षेत्रको विकासका लागि नेपालको आरोहण सुरक्षित छ भन्ने सन्देश दिनु जरुरी छ । विभागले समयअनुसार नीतिनियम परिमार्जन गरी यो प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक उत्तम भट्टराईले बताउनुभयो । ‘यो डिभाइस प्रयोगले बेइमानी, नक्कली आरोही र गैरकानुनी कार्य गर्नेहरू रोकिन्छन्’, उहाँले भन्नुभयो, ‘यसले विश्व पर्यटन बजारमा आरोहण क्षेत्र र आरोहीले बनाएका रेकर्डको विश्वसनीयता बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण