हाम्रो समाजमा रहेको सेक्स बारे १२ अन्धविश्वास

२४ साउन,एजेन्सी – समाजमा पछिल्लो समय खुल्लापन बढ्दै गएकाले सेक्सको विषय तुलनात्मक रुपमा उदार बन्दै गएको छ । हुनत जतिसुकै अनुदार समाजमा पनि सेक्स भन्ने कुरामा बन्देज लगाउन सकिने कुरै हुँदैन । त्यसैले होला परापूर्वकालदेखिनै सेक्सका बारेमा विभिन्न साहित्य रचिँदै आए, विभिन्न किम्वदन्ती बनाइए तथा विभिन्न प्रयोगहरु गरिए ।

sex-life1

समाजका विगतदेखि नै चलिआएका सेक्स बारेका केही त्यस्ता कथनहरु तथा व्यवहारहरु छन् जो अहिले पनि पूरै डेट एक्सपाएर भैसकेका छैनन् । अशिक्षित समाजमा मात्र होइन बुज्रुकहरुले समेत यस्ता परम्परागत सेक्सका मान्यताहरु अवलम्वन गर्दै आएका छन् ।यहाँ हामीले सेक्सका विषयमा समाजमा रहेका केही त्यस्ता रोचक तथा अनौठा लाग्ने परम्परा तथा प्रयोग र भनाइहरु प्रस्तुत गरेका छौँ । जसमा कुनै वैज्ञानिक आधार छैन तरपनि समाजमा यसबारेमा पर्याप्त जनविश्वास छ । जस्तै :

१. धेरै हस्तमैथुन गर्ने पुरुषको हत्केलामा भुत्ला पलाउँछन् ।

२. सेक्स गरेपछि साबुनपानीले योनी पखालेमा गर्भ रहँदैन ।

३. सेक्स गरेपछि पिसाब फेरेमा गर्भ रहँदैन ।

४. सेक्स गरेलगत्तै महिला दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन ।

५. अश्लील चलचित्र हेर्न पुरुष हिंश्रक हुन्छ ।

६. महिलाले सम्भोगका बेला कुनैपनि हालतमा चरम आनन्द प्राप्त गर्न सक्दैनन्, मात्र आनन्द प्राप्त गरेको नाटक गर्छन् ।

७. एस्पिरिन जस्तो दुखाइ कम गर्ने औषधिले गर्भाधारण रोक्छ, एस्पिरिन खाने महिलाले परिवार नियोजन गर्नै पर्दैन ।

८. एउटा भन्दा दुइवटा कण्डम लगाएर सेक्स गर्दा बढि यौन आनन्द तथा सुरक्षा प्राप्त हुन्छ ।

८. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन, दोश्रो तेश्रो पटकबाट मात्र गर्भ रहन्छ ।

९.महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरेपनि गर्भ रहँदैन ।

१०. विवाहअघि सेक्स गरेको महिलामा बिहेपछि सेक्सको रुची कम हुन्छ र बिहे अघि सेक्स गरेको कुरा लोग्नेले पत्तो पाउँछ

११. केटा मान्छे १८ वर्षको उमेरमा यौनक्षमताको चरमचुलीमा पुगेका हुन्छन् ।

१२. जति लामो समयसम्म सेक्स गर्नसक्यो उति राम्रो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि