नीमलाई वेदमा सबै रोग भगाउने वनस्पतिका रूपमा उल्लेख गरिएको छ । नीम एन्टिसेप्टिक, एन्टिबायोटिक, पीडानाशक, कृमिनाशक, जीवाणुरोधी, फंगलविरोधी, चर्मरोगनाशक हुन्छ । यसका विभिन्न भागमा १ सय ४० भन्दा बढी यौगिक पाइन्छ ।
भारत सरकारको केन्द्रीय आयुर्वेद एवं सिद्घ अनुसन्धान परिषद्को तथ्यपत्र अनुसार, छाला रोगमा नीमको १० मिलिलिटर पातको रस महसँग मिसाएर दिनमा दुई पटक खाने गरे फाइदा पुग्छ । नीमको पातको लेप लगाउँदा पनि छाला रोगका कीटाणु नष्ट हुन्छन् । कपालको चाया हटाउन एक मुठी नीमको पातको काढाबनाएर नुहाउनुभन्दा एक घण्टाअघि टाउकामा लगाउनुपर्छ ।