May 9, 2020

हाँस्यास्पद सोधपुछले हैरानी

‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’ यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेकी छिन् ।

टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) बारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट कर्मचारी दिक्क छन् ।

बन्दाबन्दीको बेला पहिलेभन्दा फोन गर्नेको सङ्ख्या निकै बढेको भए पनि नचाहिँदो टेलिफोन कलले कर्मचारीलाई दुःख दिने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले बताए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले ब्लफ कल र मिस कलले कर्मचारी हैरान भएका छन् । साँच्चिकै आपत् परेर वा जानकारी र परामर्श आवश्यक भएर फोन गर्नेको सङ्ख्या न्यून छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण