हनुमानघाट किनारमा बसेर रामायण लेखिएको दाबी

भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट नदीको किनारमा बसेर वाल्मीकि ऋषिद्वारा रामायण लेखिएको दाबी गरिएको छ । भारद्वाज संस्कृति सम्बद्र्धन केन्द्रले उक्त क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको दाबी गर्दै आएको छ । आजको गोरखापत्रमा खबर छ ।

1

विसं २०६७ मा केन्द्रले जनकपुरमा विभिन्न क्षेत्रका विद्वान् र इतिहासविद्सहितको उपस्थितिमा रामायण सम्मेलन गर्दा भक्तपुरको हनुमानघाटबाहेक अन्य क्षेत्रमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि नभएकाले हनुमानघाटमा नै बसेर रामायण लेखिएको केन्द्रका अध्यक्ष चैतन्यराज देवकोटाले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हनुमानघाटमा रहेको वीर, भद्रा र तमसा नदीको त्रिवेणीको सङ्गम स्थलमा नजिकै बसेर वाल्मीकिले रामायण लेख्नुभएका हो, सो ठाउँबाहेक अन्य कुनै पनि स्थानमा बसेर वाल्मीकिले रामायण लेखेको पुष्टि भएको छैन । ” आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन वाल्मीकि दिवस मनाइने गरिन्छ । 

अहिले वीर, भद्रा र तमसा नदीको सङ्गमको छेउमा वाल्मीकिले पुस्तक च्यापेर रामायण लेखेको मूर्ति यथावत् छ । मूर्ति कहिले र कसले निर्माण गरिएको भन्ने प्रमाण अहिलेसम्म नभेटिएको देवकोटाले बताउनुभयो ।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ वाल्मीकिले भक्तपुरको हनुमानघाटमा बसेर रामायण लेखेको शिलालेख नभेटिए पनि सो ठाउँमा वाल्मीकिको मूर्ति हुनु आफैँमा वाल्मीकिले सोही ठाउँमा बसेर रामायण लेखेको सशक्त प्रमाण भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण