२६ साउन – एक व्यक्तिको हत्या गरेर फरार एक अभियुक्तले फेसबुकबाट प्रहरीलाई समेत धम्की दिएका छन् । उनले फेसबुकमा पोष्ट गरेर आफ्नी प्रेमिकालाई छुनेलाई आफूले मारिदिएको बताउँदै आफ्नी प्रेमिकासँग गलत व्यवहार गरे प्रहरीलाई पनि नछोड्ने धम्की दिएका हुन् ।
भारतको राजस्थानका विनोद बेनीवालको हत्या गरी फरार अभियुक्त दीपक मलिकले श्रीगंगानगर प्रहरीलाई पनि परिणाम नराम्रो हुने चेतावनी दिएका हुन् ।
उनले फेसबुकमार्फत शक्ति भए आफूलाई पक्राउ गर्न पनि खुला चुनौती दिएका छन् । दीपकको यो कदमले प्रहरी पनि छक्क परेको छ र सतर्कता बढाएको छ ।
उनले फेसबुकमा हतियारसहितको फोटो राखेको देख्दा उनी ठूलै ग्याङसँग सम्बन्धित भएको प्रहरीको अनुमान छ । हत्या गरेर फरार भएपनि उनले लगातार फेसबुक अपडेट गरिरहे पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले उनकी प्रेमिकालाई हिरासतमा राखेको छ ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी