हङकङमा नयाँ शक्ति

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको अन्तराष्ट्रिय नेपाली समाज हङकङ समिति गठन भएको छ । प्रेम लामाको संयोजकत्वमा  गठन भएको अन्तराष्ट्रिय नेपाली समाज हङकङको कार्यसमितिमा २१ जना सदस्य रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा श्याम इङ्गनाम, मनोज गौतम, सम्सेर तुम्हाम्फे, नन्द चाङ्गसु, दया थापा, ओम प्रसाद गुरुङ, उर्मिला घले, प्रतापचन्द्र तमाङ, विनोद लामा, विश्वनाथ घिसिङ, अन्जु गुरुङ, कुमारी गुरुङ, कुल प्रसाद लिम्वु, नेत्र तिमिल्सिना र सवु लिम्वु रहेका छन ।

प्रवास प्रादेशिक परिषद्का सहसंयोजक शंकर भण्डारीले दिएको जानाकारी अनुसार नवगठित कार्र्यसमितिमा ५ जनापछि थपिने छ ।

अन्तराष्ट्रिय नेपाली समाज हङकङले हङकङमा रहेका नेपालीहरु बिच नयाँ शक्ति किन र के का लागि भन्दै यहीँ अक्टुवर २९ तारिखमा बृहत अन्तरक्रिया कार्यक्रम समेत गर्ने भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई रहेको प्रवास प्रादेशिक परिषद्का सहसंयोजक भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा