स्वास्थ्य बुझ्न सरकारी टोली मलेसिया जाँदै : ‘नेपाली युवा उठ्ने समयमा मृत फेला’

 

मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको खबर आजको नयाँ पत्रिकामा छ । । प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा.भोलाराम श्रेष्ठले मलेसिया सरकारले नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न आउन भन्दै नेपाल सरकारलाई औपचारिक पत्र पठाएपछि विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ जान लागेको जानकारी दिए । आगामी शुक्रबार जाने सरकारी चिकित्सकसहितको टोलीले एक साता लगाएर मलेसियामा काम गर्ने नेपाली कामदार र सम्बन्धित कम्पनीका मालिकसँग छलफल गर्नेछ ।

‘मलेसियामा काम गर्ने धेरै नेपाली युवा राति सुतेर बिहान उठ्ने समयमा मृत अवस्थामा फेला पर्ने गरेका छन्,’ श्रेष्ठले भने, ‘यस्ता घटना बढ्न थालेपछि मलेसियाली सरकारले हामीलाई अध्ययनका लागि बोलाएको हो । हामीले पाएको जानकारीअनुसार बढी कामदार हर्टअट्याकका कारण मृत्यु हुने गरेका छन् ।’

पहिलोपटक अध्ययन हुँदै
वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य अवस्थाप्रति सरकार पछिल्लो समय गम्भीर बनेको छ । सरकारको आग्रहमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. केदार बराल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजीव पोखरेललगायतको टोली मलेसिया जान लागेको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बरालले नेपाली कामदारको स्वास्थ्य अवस्थाबारे जानकारी लिने सरकारी टोली पहिलोपटक मलेसिया जान लागेको बताए । पहिलोपटक सरकारले पाँच सदस्यीय टोली नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न फिल्डमै पठाउने निर्णय गरेको जानकारी दिए । ‘एयरपोर्टबाट विभिन्न रोगका कारण सिधै नेपाल फर्कनु परेको यथार्थलाई पनि नेपाली टोलीले केलाउनेछ,’ बरालले भने, ‘के कारण रहेछ, औपचारिक जानकारी लिएर फर्कनेछौँ ।’ हाल मलेसियामा सात लाखको हाराहारीमा नेपाली कामदार रहेको सरकारी तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने