स्नातक तहको परीक्षाफल यसै साताभित्र

काठमाडौँ, जेठ २९: विश्वविद्यालयले स्नातक तह परीक्षाको बाँकी नतिजा पनि यसै साताभित्र प्रकाशन गर्ने जनाएको छ । स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ । अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन । त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् ।

शिक्षाध्यक्ष भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिए । उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए । उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ । कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण कार्य केही दिन बिलम्ब भएको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी