२५ चैत, काठमाडौं । सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने गरी ठोस धारणा तय गर्न आन्तरिक छलफललाई तीव्रता दिएको छ ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा जारी पार्टी केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा स्थानीय निर्वाचनमा केन्द्रित रहेर छलफल भइरहेको नेता महेश आचार्यले जानकारी दिए ।
उनले स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणा पत्रमा के कस्ता विषयलाई समेट्ने भन्ने विषयमा पनि छलफल हुने नेता आचार्यले बताइए ।
नेता आचार्य नेतृत्वको स्थानीय तह निर्वाचन घोषणा पत्र तयारी समितिले स्थानीय जनताको मागलाई सम्बोधन हुने गरी घोषणा पत्र तयार पार्ने योजना अनुसार काम अघि बढाइसकेको छ । त्यसै गरी कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले चुनाव परिचालनको कामलाई देशभर संचालन गर्ने गरी कार्ययोजना बनाउने कामलाई तीव्रता दिँदै आएको छ ।
बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल हुनेछ । कांग्रेसले स्थानीय तहको निर्वाचन एकै चरण गर्नेगरी मधेशी मोर्चालाई पनि सहभागी गराउनका लागि आवश्यक पहल गर्ने अडान राख्दै आएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने