स्थानीय तहमा बजेट छर्ने प्रवृत्ति : कतै अभाव कतै खातैखात

असोज १४, स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन् । व्यवस्थित विकास नीतिको अभावमा पहुँच पुगेका स्थानीय तहमा योजनाको खातै खात र पहुँच नपुगेकामा योजनाको अभाव हुने गरेको पाइएको छ ।

स्थानीय तहले न्यूनतम पाँचदेखि १० वर्षे एकीकृत विकासको गुरुयोजना बनाई साधन र स्रोतलाई एउटै बास्केटमा हाली आवश्यकताका आधारमा विकास गर्नुपर्ने स्थानीय शासन विज्ञहरूको जोड छ । स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले अहिले तीनै तहका योजनामा मागका आधारमा नभई नेतृत्वका आधारमा बजेट निकासा हुने हुँदा विकास उपलब्धिमूलक हुन नसकेको बताए । उनले भने, “अहिले विकासका योजना दिनेका हुन् कि लिनेका हुन्, पाउनेका हुन् कि पु¥याउनेका हुन् भन्ने पहिचान नै गर्न कठिन भएको छ ।”

उनले तीनै तहमा गएको बजेट एकीकृत गरी विकासका काम गर्न सकिने बताए । स्थानीय शासनविज्ञ बीके महर्जनले अन्तरपालिका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहमा गएका तीनै तहका योजना एकीकृत गरी आवश्यकताका आधारमा विकास गर्दा प्रभावकारी विकास गर्न सकिने सुझाव दिए ।

हरेक क्षेत्रमा अन्तरपालिका स्तरीय क्लस्टर निर्माण गरी सो क्लस्टरमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका भौतिक पूर्वाधार निर्माणको बजेटलाई एकीकृत गर्ने, उक्त क्लस्टरमा निर्माण गर्नुपर्ने विद्यालय, खानेपानी, पुल सडक, सामुदायिक भवन लगायतका भौतिक पूर्वाधारको क्रमिक रूपमा आवश्यकता आधारमा निर्माण गर्दै जाँदा समानुपातिक रूपमा विकास हुने विज्ञहरूको सुझाव छ ।

महर्जनले भने, “स्थानीय तहले आवधिक योजना नबनाएकाले विकासको बजेट छरिएको हो । बजेट एकीकृत गरी योजनाबद्ध विकास गर्ने हो भने छोटो समयमै विकासका धेरै काम गर्न सकिन्छ ।”

स्थानीय तहका जनप्रतिनिधि पनि भौतिक पूर्वाधार निर्माणको काम एकीकृत गरी पूर्वाधार विकास कम्पनी निर्माण गरेर पूर्वाधार निर्माणको काम एकीकृत गर्न सहमत देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको