October 6, 2017

स्थानीय चुनाव हार्नेले कांग्रेसमा टिकट नपाउने

२० असोज, काठमाडौं – कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ । साथै, यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा राखिने छैन ।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री शशांक कोइरालाले पेश गरेको उम्मेदवार छनोटको मापदण्डमा ती विषय उल्लेख छन् ।

स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिएका छन् । र, उनीहरुको नाम केन्द्रसम्म सिफारिस पनि भएको छ । साथै, अहिले समानुपातिकमा बसेकाहरुले फेरि समानुपातिकमै बस्ने इच्छा पनि देखाएका छन् ।

महामन्त्रीको प्रस्तावअनुसार निर्णय भएमा समानुपातिक सांसद कि प्रत्यक्षमा चुनाव लड्नुपर्छ नभए सांसद हुन पाउने छैनन् । साथै, स्थानीय तहमा हारेकाहरुका लागि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने बाटो औपचारिक रुपमै बन्द हुनेछ ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले पार्टी आक्रामक रुपमा चुनावमा होमिनु पर्नेमा जोड दिए । उनले भने, ‘जिम्मेवार नेताहरु चुनावमा होमिनुपर्छ, कोही पनि चुनावी मैदानबाट भाग्नु हुँदैन ।’

कांग्रेसले २५ असोजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने