३ चैत, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको माध्यमबाट जनताले गणतन्त्रको उज्यालो भेट्ने बताएका छन् । शुरुआतमा आफूहरुले संघीयताको कुरा गर्दा अनेक आरोप लगाइएको स्मरण गर्दै उनले बल्ल जनताले संघीयता बुझ्न थालेको भन्दै खुसी व्यक्त गरे ।
भक्तपुरस्थित सानोठिमी क्याम्पसमा बिहीबार अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठक उदघाटन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘अब बैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न सक्दैन । संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन हरहालतमा गर्नैपर्छ ।’
हालै भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले उत्साहजनक परिणाम हासिल गरेकोमा प्रधानमन्त्री दाहालले बधाईसमेत दिए । ‘स्ववियु मार्फत तपाईंहरुले निकै राम्रो सन्देश दिनुभएको छ । म विशेष बधाई दिनका निम्ति पनि तपाईंहरुको बैठकमा आएको हुँ ।’
उनले स्थानीय तहको चुनावमा केन्दि्रत हुन विद्यार्थीहरुलाई निर्देशन समेत दिए ।
बैठकमा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले पाँच पृष्ठको समीक्षा तथा आगामी कार्ययोजना सम्वन्धी प्रस्ताव पेश गरेका थिए । त्यसअघि सातवटै प्रदेशका संयोजकहरुले रिपोर्टिङ राखेका थिए ।
क्रान्तिकारीको जारी पदाधिकारी बैठक स्ववियुको निर्वाचनकोसमीक्षा गरी विद्यार्थीको सम्पूर्ण तागतलाई स्थानीय निर्वाचनमा लगाउने विषयमा केन्दि्रत रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने